पोष्टपाटी!
बिश्वमा निकै प्रख्यात बनेको यो तस्बिर यूरोपका एक प्रख्यात चित्रकार (मुरिलो) ले बनाएका थिए।
सामाजिक संजालमा ख्याती प्राप्त पाएको यो तस्बिर बाबा र छोरी बिच सद्भाव र सम्बन्धको मूल्य बोकेको एक वास्तविक घटनालाइ प्रतिबिम्बको रुपमा कोरिएको तस्बिर हो।
यूरोपको कुनै एक देशमा एक जना बृद्ध मानिसलाइ भौके जेलमा राखेर मार्ने सजाय उक्त देशको न्यायलयले सुनाएको थियो, `जबसम्म भोकले बूढो मान्छे मर्दैन तब सम्म उनलाई भौके राख्नु´ भनेर।
एक दिन बृद्ध मान्छेको छोरीले आफ्ना बुढा बालाई भेट्ने अनुमती मागीन कि “ऊनी हरेक दिन जेलमा आफ्ना बृद्ध बालाई भेट्न आउनेछिन”।
छोरीले बाबालाइ हरेक दिन भेट्ने इजाजत न्यालयले पनि दियो।
हरेक दिन आफ्ना ‘बा’ लाइ भेट्नु पहिले जेलमा उनको शरिर, झोला सबै चेक-जाँच हुन लाग्यो” ताकि झोला या सरीरमा कुनै खाने कुरा लुकाएर आफ्ना वृद्ध बालाइ खान नदेवस भनेर।
कयौ दिन देखि खाना नखाएका आफ्ना ‘बा’ लाइ देखेर छोरीको मन यसरी पग्लियोकी आफ्ना ‘बा’ लाइ जिउदो राख्नका लागि” आफ्नो दूध पिलाउन थालिन’।
त्यसपछी कयौ दिन, महिना बिते तर ति बृद्ध ब्यक्ति नमरेको देखेर जेलरलाई शंका लाग्न थाल्यो र आफ्ना सिपाहीलाई ति छोरीले दूध पिलायर बचाएको रहस्य खुले पछि छोरी माथि पनि सिपाहिहरुले मुद्दा लगाए।
पछि उक्त देशको न्यायालयले, कानून छाडेर भावनात्मक फैसला सुनाउदै बाउ छोरी दुबैलाइ रिहा गरीदियो।
छोरिले आफ्ना दुध बाबालाइ पिलाइ नयाँ जीवन दिइन। भनिन्छ बाबा र छोरिको महान इतिहास बोकेको उल्लेखित तस्बिर त्यति बेला निकै महङ्गो दाममा बिक्री भयो भनेर।
तस्बिरले मानवहरु बिच सद्भाव र सम्बन्धको अटल मूल्य सिकाएको छ ।
प्रतिक्रिया दिनुहोस