पोष्टपाटी!
पिछडिएको एउटा जाति थारु समुदाय, लैगिक असमानताको सिकार महिला बर्ग तथा नव युगको गर्बमा हुर्किरहेकी मात्र २३ बर्षकी युवती शिवकुमारी थारू आफ्नो शिवराज नगरको उपमेयर भएकी छिन।
साँची भन्नु पर्दा गणतान्त्रिक मुलुकले चाहेको लोकतान्त्रिक व्यबस्थाको एउटा उदाहरण भन्नु पर्छ। जुन ब्यबस्थामा उपेक्षित बर्गको सहभागिता छ, समानुपातिक हिसावले महिलाहरुको सहभागिता छ. नव युगको प्रतिनिधित्व युवाहरुको सहभागिता छ।
शिवराज नगरपालिका कि शिवकुमारीले उपमेयरमा जित्नु कुनै ज्योतिषीले हात हेराएर लगन जुराएको भने होइन। उनको सामाजिक लगनशीलता मेहनतको कमाइले उपमेयरमा लगन जुराएको हो
मंगलबार कपिलवस्तुको शिवराज नगरपालिकाको उपमेयर निर्वाचित शिवकुमारी बैवाहिक जीवन संगै पारिवारिक जिम्मेवारी सम्हाल्दै आइरहेकी युवती हुन्।
आज शिक्षिका पेशाबाट राजीनामा दिएर शिबराज नगरपालिको समाज सम्हाल्न एमालेको तर्फबाट उपमेयरमा उम्मेदवार दिईन र भारि मतअन्तरले जितिन। तिनै उपेक्षित वर्ग तथा लैंगिक विभेद मानिएकी नारि आज सथानीय सासन सत्तामा जित निकाल्दै चर्चाको शिखरमा छिन।
उनि सामाजिक अभियानता त थिइन् नै, कुशल संचारकर्मी पनि हुन्। शिवकुमारीले ६ वर्ष कपिलवस्तुकै रेडियो समानतामा थारु भाषाको कार्यक्रम समेत चलाइन्। अन्य थुप्रै सामाजिक कार्यहरु पनि गरेकी छिन।
शिवराज नेकपा एमालेको बलियो जनाधार र संगठन भएको नगरपालिकामा निर्वाचन हुने निश्चित भएपछि एमालेले उनलाई उपमेयरमा उठाउने निर्णय गर्यो, जुन निर्णय सबै हिसाबले अत्यन्त बस्तुगत थियो।
पछिल्लो समय एमाले पार्टी माथि लाग्दै आएको मधेश विरोधीको आरोपबाट एमालेलाई मुक्त गराउने प्रतिनिधि पात्रको एउटा उदाहरणीय रुपमा शिवाकुमारिलाई लिन सकिन्छ। जुन संयोग र अबसर एक अर्काका हिस्सेदार हुन्।
बधाई छ शिवराज कि शिवकुमारीलाई, नगर र उपमेयरको पनि राशी जुरेको छ। कार्य कुशलताको शुभ कामना पनि।
प्रतिक्रिया दिनुहोस