गाउँका अध्यक्षलाई ‘नमुना गाउँ बनाऊ’ भन्दै खाडीबाट ३ बुँदे सुजाव पत्र


 
मझुवा गडि नगरपालिका वडा नम्बर १५ मा विजय हासिल गर्नुहुने बिरेन्द्र ढकाललाई खुल्ला पत्र
***
अध्यक्ष ज्यु लालसलाम एबम सादर नमस्कार!
*
तपाईं अहिले लोकतान्त्रिक मुलुकको स्थानिय तबरको नगर अध्यक्षमा पहिलो पटक निर्बाचित हुनुभएकोमा तपाईं अत्यन्तै खुशी हुनुहुन्छ र हुनुपर्छ पनि! अब तपाईंको खुशी जनताको खुशी बनाउन सक्नुहुनेछ भन्ने आसा त पक्कै हामिले राखेका छौ। लोकतान्त्रिक पद्धतिमा अवसर र चुनौती होलान आउलान यो सामान्यतह हुन्छ नै।
अब तपाईंले जनताको निम्ति झिनामसिना समस्याको हल गर्न तिर लाग्नु हुन्छ कि ठुलो ठुलो सपनाहरू देखाउनु हुन्छ?
*
सायदै अब पुराना नेताले गर्ने भासण जस्तै आशमा आश चै बन्द गरिदिनुहोस। केबल गाउँले हिसाब् र बाताबरण अनुसारको योजना र बिकाशको शुरुवात गरिदिनु, बस हामी त्यतिमै खुसी हुनेछौ। हामीलाइ समान व्यबहार गरियोस। अब गाउँको प्रमुख तपाईं हो। आफ्नो कार्यकाल कसरी पूरा गर्ने जनतालाई कसरी सुख सुबिधा दिने भन्ने तपाईंमा भर पर्छ।
*
हिजो चुनाबको रौनकमा दुईभागमा बिभाजन भै नेपाली काग्रेसका उमेरद्वर बालानन्द खनाल र तपाईं विशेष मैदानमा हुनुहुन्थ्यो । जनतालाई नेतृत्व कस्लाइ दिने पुराना दल पुराना अनुहार जस्ले जिते पनि हामीलाई दुख मात्रै हो। भन्ने भावना बोकेका जनतालाई आ-आफ्ना दल नेताकार्यकर्ता समाजसेबि बौद्धिक बर्ग आफ्नो दलको नेतृत्व दिलाउन अहम भुमिका खेलिरहेका बेला तपाईं र बालन्दमा कुनै फरक थिएन दुबै योग्य व्यक्ति हुनुहुन्थ्यो तर पद्धति र जनमतलाइ स्वीकार गर्ने क्रममा तपाईंले जनमत कब्जा गर्नु भयो। अर्थात जनताले तपाईंलाइ रोजे।
*
जनताले मत दिए अब तपाईं जनतालाई मन दिनु हुन्छ कि बिकाश दिनुहुन्छ ? त्यो हेर्न बाँकी छ प्रमुख ज्यु।
 *
तपाईंको जित सगसगै तपाईं माथी विभिन्न संका/उपसंका र आंकलनहरु गर्न थालेका छन। सामान्यतह चुनौती होलान तर पनि तपाईंले यस्ता कुराहरूलाई हल्का रूपमा लिनुहुन्न भन्ने आसहा राखेको छु। तपाईं माथी हरेक किसिमका आंकलनहरु गरियता पनि ती कस्ता आकलन हुन भनेर तपाईंलाई बताइरहनु भन्दा तपाईंलाई तीन कुराको सुजाव दिन चाहान्छु।

यी तीन कुरामा सैद्धान्तिक र ब्यबहारिक भएर इमानदारीता देखाउनु भयो, परिवर्तन भेटिने छ र जनता भर्मबाट मुक्त हुने छन्।

पहिलो, शिक्षामा तपाईंले निकै ठुलो परिबर्तन गर्नुपर्ने छ। किनकि त्यो गाउँको स्कुलमा धनाढ्य र सम्पन्न बर्गका छोराछोरी पढ्न जादैनन। किसानका छोराछोरीलाई युग सुहाउँदो प्राविधिक शिक्षा प्रदान गरि सहि, इमानदार र कुसल युवा उत्पादन गर्नेको लागि विशेष शिक्षामा सुधार गर्न सक्नु भयो भने तपाईंको निकै ठुलो मुल्यांकन जनताले गर्ने छन। पुराना कुरौटेहरुको कुरामा सहमति जनाउदै, जसो जसो मादल बज्छ तेसै तेसै नाच्न थाल्नु भयो भने, तपाईं त्यहि दिन देखि जनताको नजरमा चुक्नुहुने छ। तपाईं एउटा परिवार र छिमेकीको अध्यक्ष होइन सिंगो समाजको प्रमुख हो। सामाजिक दिगो बिकाशका लागि शिक्षाको धेरै महत्व छ।
 *
दोश्रो, स्वस्थ/खाने पानी र सडक बिस्तार जनताको जीवनस्तर संग गाँसिएको आधार हो। यो गहन र चुनौतीपूर्ण देखिन्छ। जनताको दुख सुख संग जोडिएको आधारलाई तत्काल थोरै भएपनि राहत मिल्ने कदम चाल्नु हुनेछ। जनताको सुखलाई कुल्चेर जिम्मेवारी देखि भाग्नु भने जनताको भोटको ठुलो किमत चुकाउनु पर्नेछ। योजना र सल्लाहका साथ हरदम जनताको माझमा रहेर काम गर्नु हुनेछ। अनि तपाईं प्रतिको संका/उपसंकाहरु आफै सुकेर जाने छ र अझै लोकप्रिय हुनुहुन्छ भन्ने आसा राखेको छु।
 *
तेस्रो, पुर्बाहग्रह रहित/सभ्य र सदभाव युक्त समाज! समग्र गाउँका जनतालाई एउटै नजरले हेर्नुहोला। कुन जनता कुन पार्टीको, कुन जनता आफ्नो पार्टीको भन्ने भावबाट टाढा रहेर सबैको लागि सम्मान बिकाशलाई ध्यान दिनुहोला। यसले तपाइको भावनात्मक सम्मान आत्माको परिक्षण हुनेछ, यो त तत्काल देखिने कुरा हो। विशेष परिवार र दम्भ अनि घमण्ड र स्वार्थमा भन्दा जनताको दुख र सुखसंग नजिक रहनुहुनेछ भन्ने पूर्णत आसा राखेको छु। जनताको लागि बिकाश र सेवामा लाग्नु भयो भने तपाईंको कार्यकाल ओक प्रिय हुनेछ र दीर्घकालीन कार्यकालका लागि जनमत तपाईको पक्षमा हुनेछ। आशा छ नयाँ युगको नमुना अध्यक्ष बन्नु हुनेछ ।
 *
गाउँ निकै फोहोरी र दलालहरुको दलदलमा फसिसकेको छ। मर्यादा ईमान र मानवताको हदले पार गरिसकेको छ। हाम्रो गाउँ स्वार्थबादको झोलामा पसिसकेको छ। धेरै बस्तीहरु गाउँवाट बसाइँसराइ गरिसके र सर्ने क्रमश अझै जारी छ। किनकि त्यहाँ गाउँ बनाउ भन्नुको अर्थ पहल गर्नु भन्दा बिस्थापित हुनुनै बुद्धिमानी सम्झिनेहरुको लर्को सुरु भएको छ।
 *
त्यसैले गाउँ बनाउने अभियान सुरु गर्नु होला, सिमापारी बाट हाम्रो साथ् रहनेछ। तपाई स्वच्छ र इमानदार भएर नमुना समाज निर्माणमा हिद्नुहोस, देश बिदेश रहेका तमाम युवाहरुले साथ दिनेछौ।
 *
अध्यक्ष ज्यु, गरे नहुने केहि छैन र सम्भाव नहुने संसारमा कहिँ कतै छैन। देश बनाउन अब गाउँबाट सुरु गर्नु पर्छ। त्यसका लागि खाली तपाइको इमान्दारिता चाहिएको छ। आएको योजना र बजेटलाई चुस्त राख्नुहोस । सारा युवाहरु तपाईंलाई चाहिने भौतिक, आर्थिक तथा नैतिक सहयोग दिनेछन। किनकि बर्सौ पुराना गाउँ छोडेर हिड्ने लाखौं घरपरिवारले जन्मेको गाउँ माटोको बिकास सब्द सुन्न साथ सोचे भन्दा धेरै सहयोग हुनेमा म विश्वस्त छु।
तर त्यहि योजनालाई मागी खाने भाडो भयो भने धिक्कार हुनेछ। बिगतमा थुप्रैपटक नेतृत्व भएर आए तर आफनै पेट अघाएर गए। जनताको आँखामा छारो हालेर गए। त्यहि भएर त समाज निर्माताहरु देखि समाज निकै तर्सिन्छन।
 *
म बिस्वस त छु, त्यो साहस तपाईंमा छ। निकै जिल्लाहरु भ्रमण गरेर अनुभव संगाल्नु भएको छ। बिकाशका लागि ज्ञान र समृद्धि देख्नु भएको छ । तपाईंले चाहाना राख्नु भयो मात्रै भने गर्न सक्नुहुनेछ । पंचायत कालमा जन्म भुमिलाइ खुन दिएर बाच्नु भएको इतिहास सुनेको छु। त्यसकारण पनि हाम्रो समाजको बहादुर ब्यक्ती नै हो तपाइँ! बहादुरले समाजको काचुली फेर्न समय लाग्दैन।
यदि भने जस्तो भयन र कारण बस जनताको आकलन सहि हुन गयो भने गाउँ देखि आफू त पतनको हुनुहुन्छ, यो दुईमतको बिसय नै छैन जति अहिले मत ल्याइ बिजय हुनुभयो नि? हो त्यसको दुई गुना जनता तपाईं विरुद्ध आइ लाग्दा कसरी बच्ने? ख्याल् राख्नु होला, जनताले कहिले पनि माफ गर्ने छैनन्। मेरा भनाइ र सल्लाहलाई सकारात्मक लिदै सुरुवात गर्नुहुन्छ भन्ने आसा राख्दै बिदामाग्छु।
 *
अब नमुना गाउँ बनाउन चांडै अभियान थाल्नु होस, हाम्रो कदम तपाई संगै चाल्नेछौ। सात समुन्द्रपरिबाट उही मनोज ढकाल साउदी अरेबिया ।
२० असार २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको