हामी यो देशमा नयाँ व्यबस्थाको विकल्प खोजिरहेका छौं


रमाकान्त वास्तोला

लोकतन्त्रमा पनि जनताको कुनै स्थायीत्व र जनताको मुद्दाले पूर्णता पाएनन् । अन्तत: लोकतन्त्र ल्याउनेले नै लोकतन्त्रको बिरासतता मासे । अब अहिले १० बर्षे लामो जनयुद्द र जनान्दोलनले ल्याएको  लोकतान्त्र्तिक गणतन्त्रसम्म आउदा हामीले देख्न सक्छौं की, उनीहरुले नै यसलाई सिद्दाउने बाटोमा हिडिरहेका छन् ।

देशमा अहिले चुनावी माहौल छ । स्थानीय चुनाव सम्पन्न संगै दलहरु प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा जुटिरहेका छन् । प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणको चुनाव मंसिर १० गते सम्पन्न भयो भने दोस्रो चरण यहि मंसिर २१ गते हुदैँछ । स्थानीय तहको चुनावमा करिब ७० प्रतिशत मत खसेको आयोगको भनाई छ । जसमा ३० प्रतिशत मतदान भएन । यसका बिभिन्न कारणहरु होलान त्यो आफ्नो ठाउँमा त छँदैछ । तर स्थानीय चुनावमा कस्ता प्रतिनिधिहरु आए भन्ने मुख्य बिषय हो । हामीले आफ्नो क्षेत्रमा अबलोकन गर्ने हो भने ८० प्रतिशत प्रतिनिधि ठेगेदार, दलाल, पैसा र पावर भएका मात्र निर्वाचित भए । चुनाव कस्तो तरिकाले भयो भन्ने पनि दोस्रो मुख्य बिषय नै हो । उलेख्य मात्रामा सेना पुलिसको परिचालन र बन्दुकको घेराभित्र रहेर स्थानीय चुनाव सम्पन्न भयो भने प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव अझै ठुलो सुरक्षा घेराभित्र सम्पन्न गरियो भने केहि जिल्ला र प्रदेशहरुमा गर्न बाँकी नै छ ।

जनताको हक अधिकारको साथै देशको नारा बोकेर पञ्चायती ब्यवस्था आयो तर उक्त ब्यवस्था पञ्चायत ल्याउनेहरुले नै मारे । त्यसपश्चात लोकतन्त्र आयो । लोकतन्त्रमा पनि जनताको कुनै स्थायीत्व र जनताको मुद्दाले पूर्णता पाएनन् । अन्तत: लोकतन्त्र ल्याउनेले नै लोकतन्त्रको बिरासतता मासे । अब अहिले १० बर्षे लामो जनयुद्द र जनान्दोलनले ल्याएको लोकतान्त्र्तिक गणतन्त्रसम्म आउदा हामीले देख्न सक्छौं की, उनीहरुले नै यसलाई सिद्दाउने बाटोमा हिडिरहेका छन् ।

हामीले इतिहास देखि अहिलेसम्मका राजनीतिक घटनाक्रमलाई बुझ्दा र यसमा विश्लेषण गर्दा जहाँ जनताको स्थायित्व र अधिकारका निम्ति कुनै पहल नभएको बुझ्न सक्छौं । कारण कुनै पनि दल र राजनीतिज्ञसंग त्यो भिजन छैन, सिद्दान्त छैन जसले जनताको हक अधिकार र देशलाई नयाँ रुपमा ढाल्न सकोस । हामीले यसरि हेर्दा राजनीतिक पार्टीहरुले राजनीति र बिचार छोडिसकेको कुरालाई राम्रैसंग बुझ्न सक्दछौं । जसमा आफ्नोपन हराईसकेको छ । बिस्वाशको कुनै आधार छैन । यहि कारणले राजनीतिमा अन्तिम संक्रमण देखा परेको छ । अन्तिम यसकारण भनिएको छ, कारण यसलाई समाधान गर्नको निम्ति एउटा आंधी उठिसकेको छ ।

संसदीय राजनीतिमा दलहरु जुन तरिकाले चुनावमा होमिएका छन् यो नै उनीहरुको अन्तिम परिक्षा हो । ४० प्रतिशत गरिबीको रेखामुनी रहेका नेपाली जनताले कुनै पनि राजनीतिक दललाई बिस्वास गरिरहेका छैनन् । बन्दुकको वलमा चुनाव गरिंदै छ । कालीकोट र थवाङ यसको ज्वलन्त उदाहरण हो । कतिपय ठाउँमा नेताहरुको चिल्लो कुरामा आशावादी वनेका जनता र केहि नेताका आसेपासे र दलगत स्वार्थ बोकेका कार्यकर्ताहरु बाहेक अन्य वास्तविक जनतालाई चुनाववाट केहि पाइन्छ भन्ने कुरामा बिश्वस्त छैनन् ।

अहिले पुराना नेताहरु सबै फेल खाइसकेका छन् । विश्वको राजनीति यस्तो अबस्थामा पुगेको छ, जुन हरेक देशमा माक्सवादी चिन्तनलाई बिज्ञानसम्मत मानेर बैज्ञानिक समाजवादको कार्यदिशामा अघि बढिरहेका छन् । यस्तै नेपालमा पनि त्यस्तो पार्टी र नेता जन्मनु पर्छ जसले माक्सवादी चिन्तन लिन सकोस् र जनतालाई त्यहि अनुसार परिचालन गर्न सकोस । तर अहिले समाजको चित्रण हेर्दा पुराना दलहरुवाट यसको पहलकदमी भएको छ भन्ने कुरामा बिश्वास गर्न सकिंदैन । जनतामा तिब्र असन्तुष्टि पैदा भएको छ भने समाज बिकराल रुपमा जातीय र क्षेत्रीय रुपमा विभाजित भएको छ । यसको कारण संसदीय राजनीतिले पारेको प्रभाब र यथास्थितिवादी राजनीतिक स्कुलिङ हो ।

बिकास गर्न मुखले होइन नीति र सिद्दान्त चाहिँन्छ त्यस्तै भिजन पनि । नेपालको राजनीतिमा भिजन छैन, दल छन् तर उनीहरुले बोकेका सिद्दान्त नीति व्यक्तिग छन् । यहाँ जिताउने चिन्न हेरिन्छ, व्यत्ति हेरिन्छ तर भिजन र सिद्दान्त हेरिदैन त्यसैले यो ब्यवस्था, यसले गरेको चुनाव देश र जनताको पक्षमा छैन । त्यसैले हामीले यो देशमा नयाँ विकल्प खोजिरहेका छौं ।

अहिले देशमा कथित चुनावी माहोलले तातेको छ । यसको प्रचारप्रसारमा अलिकति मात्रै नजर अन्दाज लगाउने हो भने यस्तो लाचार र गैरराजैतिक अभिव्यक्तिहरु प्रकट भएको देखिन्छ जो कुनै जिम्मेवारी नेताले बोल्ने भाषण नै होइन । कामै नलाग्ने गफका चाङ मात्रै हुन्छ । केवल सपना हुन्छ त्यहाँ । तर यो नयाँ भने होइन । पछिल्लो चरणमा थ्रेस होल्डको नियम बनिसकेपछि केहि साना राजनीतक दलहरुलाई गठबन्धनको बाध्यता त छँदै थियो तर हरेक दलहरु आफैले आफैलाई परिक्षण गरिसकेपछि आफ्नो बास्तविक धरातल के हो ? त्यो धरातल थाहा पाइसकेपछि छताछुल्ल हुँदान पैदा भएको डर हो अहिलेको वाम गठबन्धन । यो गठबन्धन उनीहरुको बाध्यता हो । हामीले त पहिलै भन्दै आएकै हौँ नेपालमा दुईटा एमालेको जरुरत छैन । ढिलोचाँडो एक ठाउँमा आउलान् । चुम्वकले चुम्वकीय बस्तुलाई तान्छ । एमाले र माकेको गुणमा केहि फरक छैन ।

 
हुन त अहिलेको यो गठबन्धन केवल चुनावी स्वार्थ र सरकार बनाउनकै लागि सिमित रहने छ । आफ्नो टेक्ने ठाउँ बचाईरहनको लागि गरिएको नाटकीय रुप हो । हिजो जस्तो संस्कार दल र कार्यकर्ताहरुमा देखिएको थियो त्यही संस्कार, त्यहि चरित्र मौलिएको छ यी दुई दलमा ।

 
२०४६ साल यता हेर्दा कांग्रेस १८ बर्ष शाषण गरयो, यस्तै एमाले, माके पनि सत्तामा पुगे । एमालेको त झन के कुरा सत्ता बेगर बस्नु अक्सिजन विना बाँच्नु सरह थियो जुन असम्भब हुन्छ । यी कुनै पनि दलहरुवाट देशको रथ अघि बढ्न सकेन । अहिले पनि एकले अर्कोलाई दोषारोपण लगाउनु बाहेक केहि नयाँ देखिएको छैन । कांग्रेसले बाम गठबन्धनलाई उस्तै आरोप लगाएको छ भने बाम गठबन्धनले पनि त्यस्तै आरोप कांग्रेसलाई, चाहे वामे होस् वा दामे जनतालाई खासै भिन्नता लाग्दैन । यहि बिचमा राजनीति चलेको छ जहाँ कुनै सिद्दान्त छैन, बिचार छैन ।

बामगठबन्धन र लोकतान्त्रिक गठबन्धन यी दुवै गठवन्धन सिद्धान्त, बिचार देखि स्खलित हुन पुगेका छन् भने नयाँ जन्मेका पार्टी पनि त्यहि संस्कार भित्र रुमलिएर आरोपमै आफ्नो दिनचर्या कटाएको देख्न सकिन्छ । थ्रेस होल्ड लागु गरिएकाले चुनाव पश्चात के गर्ने भन्ने कुरा उनीहरु सामु केहि देखिएको छैन l जस्तो की, राप्रपाले आफ्नो सिद्धान्तको लागि होइन व्यक्ति र गाईलाई भोट मागेको छ । कांग्रेसले प्रजातान्त्रिक समाजवादलाई होइन रुखलाई र माकेले माओवाद होइन, एमाले बहुदलीय जनवाद र बैज्ञानिक समाजवाद, साम्यवाद होइन हँसिया हथौडा र सुर्यलाई भोट मागिरहेको छ । यिनीहरुले इतिहासलाई त ध्वस्त बनाए नै, आफुले नयाँ इतिहास बनाउन पनि सक्ने अबस्था छैन ।

यसरि हेर्दा मताअधिकार प्रयोग गर्न जनताले भोट हाल्दा राजनीतिक पार्टी भित्रका चरित्र र सिद्धानलाई विश्लेषण नगरी खालि व्यक्त्ति र चुनाव चिन्न हेरेर भोट हाल्न थालेका छन् । जहाँ प्रतिस्पर्धा पैसामा छ । पार्टीमा टिकट पाउनेहरु डन, धन र चाकडीवालाहरु नै छन् । यस्तै देशमा भ्रष्टाचार नशा नशामा छ । कर्मचारी तन्त्र उस्तै छ । देशमा जातीय द्वन्द , धार्मिक द्वन्दको चपेटातिर गुज्रिरहेको छ जसले तिब्र अन्योलता र विवाद सृजना गर्दै देशलाई पुन संक्रमणकाल तिर धकेलिरहेको अबस्था छ । यसको कारण जतिसुकै माक्सवाद र प्रजातान्त्रिक समाजवादको कुरा गरेपनि त्यो स्वार्थ र सत्ता पद र पैसाले दुर्गन्धित संसदीय ब्यबस्था नै हो र यो चुनाव पनि यस्तै दुर्गन्धले अछुतो हुन्छ भन्नु मुर्खता नै हुन्छ ।

८० प्रतिशत परनिर्भर रहेको मुलुकमा यो चुनावले अस्थिरता र ठगि खाने यन्त्र यिनिहरुले बनाएका छन् । सामान्य एक संसदको लागि मासिक दुइ लाख खर्च गर्छ भने ८८४ संसदलाई कति खर्च लाग्ला यस्तै ७ प्रादेशिक सरकार, केन्द्र सरकार, समानुपातिक, स्थानीय गर्दा यो स्रोत र साधन कसरि पूर्ति गर्न सक्ला ? यी त सामान्य हुन् । यसले देशलाई कहाँ पुर्याउला । सारमा भन्दा यो ब्यबस्था पूर्ण असफल भईसकेको छ l यो असफल व्यवस्थालाई जसोतसो बचाएर ठगि खाने जुन स्वार्थ छ त्यो बचाउन कै निम्ति दलहरुको अन्तिम लडाई यो चुनाव हो भन्न सकिन्छ ।

बिकास गर्न मुखले होइन नीति र सिद्दान्त चाहिँन्छ त्यस्तै भिजन पनि । नेपालको राजनीतिमा भिजन छैन, दल छन् तर उनीहरुले बोकेका सिद्दान्त नीति व्यक्तिग छन् । यहाँ जिताउने चिन्न हेरिन्छ, व्यत्ति हेरिन्छ तर भिजन र सिद्दान्त हेरिदैन त्यसैले यो ब्यवस्था, यसले गरेको चुनाव देश र जनताको पक्षमा छैन । त्यसैले हामीले यो देशमा नयाँ विकल्प खोजिरहेका छौं ।

१७ मंसिर २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको