नेपाली जनप्रगतिशील मोर्चा युएईको अध्यक्षमा मनोज काउछा


पोष्टपाटी/युएई , ३ सेप्टेम्बर,

नेपाली जनप्रगतिशील मोर्चा युएइको केन्द्रीय कार्यसमितिको पुनर्गठन भएको छ । मोर्चाका प्रमुख सल्लाहकार समिर खत्रीको संयोजकत्वमा गठित निर्बाचन समितिले गत सुक्रबार बरदुबईमा मोर्चाको आन्तरिक भेला गराई नयाँ कार्यसमति चयन गरेको हो । उक्त निर्बाचन समितिमा निवर्तमान मोर्चाका महासचिव पृथीछक बुढा र निवर्तमान उपाध्यक्ष गनु लम्साल रहनु भएको थियो।

१ सेप्टेम्बरका दिन नेपाली जनप्रगतिशील मोर्चा युएईको २५ सदस्यीय नयाँ कार्यसमितिको गठन भएको छ। मोर्चाको केन्द्रीय नयाँ कार्यसमितिमा निवर्तमान उपाध्यक्ष मनोज काउछा मगर सर्वसम्मतले अध्यक्ष मनोनित हुनुभएको छ । त्यसैगरि उक्त भेलाबाटै मोर्चाको उपाध्यक्षमा कमल पोख्रेल, महासचिवमा केदार लम्साल, प्रथम सचिवमा प्रेमा सुब्बा, दित्तिय सचिवमा अर्जुन खड्का, कोषाध्यक्षमा नारायण खनाल र प्रवक्तामा दिनेश नेपाल मनोनित हुनुभएको छ।

निवर्तमान महासचिव पृथी छक बुढा र निवर्तमान उपाध्यक्ष गनु लम्साल सल्लाकार समिति सदस्यमा रहनु भएको छ । नव गठित कार्यसमितिले आगामी १६ डिसेम्बर २०१७ मा नेपाली जनप्रगतिशील मोर्चाको चौथो अधिवेशन अबुधावीमा गर्ने निर्णय लिएको छ र त्यसको तयारीको लागि कार्यसमितिमा जिम्मेवारी बाँडफाड गरेको मोर्चाका महासचिव केदार लम्सालले पोष्टपाटीलाई बताउनु भएको छ।

सल्लाहकार समितिमा ५ जना सदस्य रहेका छन, जस्मा वरिष्ठ सल्लाहकार समर खत्री, बिश्णु भण्डारी, पृथीछक बुढा, गनु लम्साल र कुल गुरुङ रहेका छन।

तपशिल बमोजिम नयाँ कार्यसमितिको निर्माण भएको छ:-

१. अध्यक्ष – मनोज काउछा मगर
२. उपाध्यक्ष –कमल पोख्रेल
३. महासचिव – केदार लम्साल
४. प्रथम सचिव – प्रेमा सुब्बा
५. दितीय सचिव – अर्जुन खड्का
६. कोषाध्यक्ष – नारायण खनाल
७. प्रवक्ता – दिनेश नेपाल

सदस्यहरु :-

८. कैलास खाम पुन
९. बिरमान ढकाल
१०. सबिन खड्का
११. कमल तामांग
१२. बिष्णु खत्री
१३. कृष्ण पन्थ
१४. टिला बिक
१५. नेत्र लामा
१६. बिनोद मगर
१७. नबिन अधिकारी
१८. पुर्णसिंग लामा
१९. दमन्थ मगर
२०. राजीव सुनार
२१. शेर बहादुर खड्का
२२. शिशिर महत

३ जना सदस्य निकट भबिस्यमा नै थप गरिने मोर्चाले जानेको छ।

 

१८ भाद्र २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको