पोष्टपाटी/१८ भाद्र
लेखक दिल निशानि मगर भन्छन “भोटिङमा सागर आले अगाडि छ । निशानलाई जिताउन अनेक नाटक चल्दैछ । मेरो ९ हजार फिर्ता गर।”
नेपाल आइडलको ३३औ एपिसोडमा जजहरुले आफ्नो पावर प्रयोग गरेर ३७ लाख २० हजार २ सय ८० भोटहरुलाई बद्दर गर्दै सबै प्रतियोगीहरुलाई सुरक्षित गरे। यो नै नेपाल आइडलको पैसा कमाउ धन्दा भएको भन्दै देश बिदेशमा रहेका नागरिकबाट तिब्र आलोचना बढेको छ।
यसरि नै लेखक दिल निशानी मगरले पनि आफ्नो भोटको दुरुपयोग भएको भन्दै मेरो ९ हजार फिर्ता गर भनेर आफ्नो फेसबुकमा लेखेका छन्। व्यक्तिगत रुपमा उनलाई चितवनका सागर आले मन पर्छ र उनले आफ्नो मन पर्ने आइडललाई भोट हालेका थिए। नेपाल आइडलले निशान भट्टराईलाई जिताउन अनेक चल्दै छ भन्दै आइडलका जजहरु प्रति औला उठाएका छन्।
खासगरि फ्यानहरुले नेपाल आइडलको प्रतियोगितामा मन पर्ने गायकलाई जिताउन हजारौ रकम खर्चिएर भोट गरेका थिए तर नेपाल आइडलले भने तिनै लाखौ भोटरहरुको भोटको अवमूल्यन गर्दै आफ्नो कृतिम पावर प्रयोग गरेर लुट्ने धन्दामा तल्लिन भएको छ। यसले लाखौ फ्यानहरु चिडीएका छन्।
त्यसै पनि यसपालिको नेपाल आइडल जाति र समुदायलाई बिभाजन गराउने अस्त्र बनिरहेको सन्दर्भमा नागरिकहरु बीच थप अन्तरविरोध लम्ब्याउने हरकत भएको नेपाल आइडल प्रति गम्भीर आरोप समेत लागेको गरेको छ।
आर्कोतिर, जजको अभिव्यक्तिले पनि प्रतियोगीहरु लाई काखा र पाखा लाउने कार्य भएको भन्दै तिब्र असन्तुष्टिहरु पोखिएका छन्।
भारतमा हुने इन्डियन आइडल जस्तो तवर तरिका र शैलीले नेपाल आइडल चलाउन खोज्दा थुप्रै प्रविधिक त्रुटीहरु नेपाल आइडलले खेप्नु परेको छ ।कार्यक्रमको रुलिङले जजहरुलाई आफ्नो पावर दिइए पनि उक्त पावरलाई सहिठाउमा प्रयोग नगरी प्रतियोगिहरुको विभेदमा प्रयोग भएको आरोप लागेको छ।
भारत र नेपालका जनताको चेतना स्तर आकाश र जमिनको फरक छ। नागरिकहरुको आर्थिक धरातल पनि त्यहि स्तरमा भिन्न छ। यो कुरा नेपाल आइडल र उक्त कार्यक्रमका जजहरुले सापेक्षित बुझाइ द्वारा उपभोग तथा प्रयोग गर्न नसकेमा अझ ठुलो बिबाद सिर्जना हुने देखिन्छ।
भारतका टिभी शो र जजहरुले प्रयोग गर्ने एकात्मक शैली नेपाली स्रोता माझ नपच्न सक्छ, यसो भनि रहदा नेपाल आइडलको आफ्नै फर्म्याट छ भनिएला तर जन चाहाना र रुची बिनाको नेपाल आइडलले आफ्नै फर्म्याट अनुसारका आफ्नै स्रोताहरु खोज्नु पर्ने भन्ने प्रश्न उठ्न सक्छ। तसर्थ नेपाल आडलको टिक्ने धरातल नेपाली समुदायहरु नै हुन्।
हरेक देशका रियालिटी शोहरुमा लैंगिक सहभागीतालाई प्राथमिकता दिने गर्छन तर नेपाल आइडलमा त्यस्तो देखिएन। नेपाल आइडलमा महिला प्रतियोगीहरु पनि फाइनल सम्म नपुग्नुमा जजहरु नै दोषी भएको आरोप छ। अत्यन्त प्रतिभाशाली महिलाहरु शोको सुरु देखि नै जजहरु द्वारा उचित जजमेन्ट हुन नसक्दा महिला कन्टेस्टेन्टहरु गुमाउनु परेको टिप्पणी यत्रतत्र छ। बरु जजहरुको पावर प्रयोग गर्नु नै थियो भने लैंगिक समानतामा प्रतिनिधित्व हुनेगरि महिला प्रतियोगीलाइ बचाउने गरि दिन सक्नु पर्थ्यो।
नेपाल आइडलले आर्थिक अनियमितता तथा चलखेलको ठुलो आरोप पनि लाग्ने गरेको छ। यसको पारदर्शीताका लागि नेपाल आइडलले खुलस्त बिकल्प दिन सक्नुपर्छ।
नत्र बिना सोचविचार नेपाल आइडलको आफनै निर्णय र जजहरुको मनोमानीले नेपाल आडल समुदाय बाटै बहिस्कृत हुनसक्छ, यो कुरालाई नेपाल आइडल र आइडलका जजहरुले गम्भीर मनन गर्न आबस्यक छ। किन कि यो नेपाल हो यहाँ हरेक कुराहरु संबेदनशील हुने गर्छन।
पोष्टपाटी सम्पादकीय
प्रतिक्रिया दिनुहोस