पोष्टपाटी -सुसान आचार्य /युएई
लामो समयसम्म दलालले सारिरिक र मानसिक यातना दिदै युएईमा अलपत्र बनाइ राखियका १९ जना मध्य १५ जनालाई रोजगारी सङ्गै युएईमा विभिन्न मिडियामा कार्यरत पत्रकारहरुको सहयोगमा नेपाल फर्काउन सफल भएपनि न्याय नमिल्दा पीडित झन पीडित बनेका छन ।
काठमाडौको ठमेलमा अबस्थित अर्थलाइन ट्राभल्सले विभिन्न बहानामा अध्यागमनको सेटिङ मार्फत युएई पुर्याइ अलपत्र पारेका पीडित लाई दूतावासले चासो नदिए पछी झन्डै एक हप्ता अगाडि युएइ स्थित नेपाल पत्रकार महासघ साखा र साखा बाहिर रहेका पत्रकारहरुले चौतर्फी दबाब दिदै उद्दारगरि नेपाल पठाएका थिय ।
जफत गरिएको पिडितको पासपोर्ट अझै फिर्ता भएन
नेपाल पुगेकै दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भित्रै अध्यागमनले पीडित सबैको पासपोर्ट छानबिन गर्न भन्दै जफत गरेको र हाल सम्म पासपोर्ट कहाँ छ र के हुदैछ भन्ने जानकारी सम्म नदिएको पीडित मध्यका एक डोटिका राजकुमार श्रेष्ठले बतायका छन।
पासपोर्ट छानबिन गर्नुपर्छ भन्दै सबै पिडितको पासपोर्ट लियो, भोलिपल्ट बोलाएर केरकार गर्यो तर दलाललाई कारबाही गर्न कुरै गरेन, पर्सीपल्ट अपराध अनुसन्धान महासाखामा पठाइयो तर त्यहा त उल्टै ट्राभल्स सङ सम्झौता गर्नुस भन्यो दलाललाई कारबाही गर्न प्रमाण पुगेन रे गरिबले न्याय नपाउने रहेछन नेपालमा श्रेष्ठको गुनासो छ ।
पिडितको मुद्दाप्रति गृहमन्त्री जनार्दन पनि मौन
पाँच दिन बितिसक्दा समेत कहि कतैबाट सहयोग नपाए पछी आफुहरु गृहमन्त्री जनार्दन सर्मालाई भेट्न हिजोमात्रै सिहदरबार गएको र त्यहा पनि आफ्नो समस्या लाई खासै चासो नदिएको भन्दै ट्राभल्सले तलदेखि माथी सम्म सबैलाई मिलाइ सकेको रहेछ जुन यथार्थ मिडियामा राखेका थियौ, त्यो सबै नेपालका मिडियाले पनि देखाएनन हामी गरिबको कस्ले सुन्ने हाम्रो पीडा न्याय पाउने आसा अब मर्यो अर्का पीडित दाङका पदम ओलिको गुनासो छ ।
यता चौतर्फी दबाब दिदा समेत नेपाली दूतावास युएई भने यसबारे मौन बस्दै दलाललाई कारबाही गर्नै नसकिने बताउदै आएको छ । गोप्य स्रोतबाट प्रात अडियो रेकर्डमा ट्राभल्सले युएईमा पठायको साजन भनिने प्रेम पाण्डेले पीडितलाई धम्क्याउदै दूतावासका कर्मचारी आफ्नो भएको बताएका छन ।
पीडित मध्य चार जना अबैधानिक छन जसलाई दूतावासको अनुमतिका कागजपत्र बनाइ लाइफ ब्यान्ड गरि आउने अगस्ट ९ तारीख स्वदेश फर्काइने भएको छ ।
प्रतिक्रिया दिनुहोस