प्रचण्डपुत्रीको प्रचारमा प्रधानमन्त्री: “हँसिया हथौडामा भोट हालौ, नत्र कारबाही गरिन्छ”


आकस्मिक मुग्लिन नारायणघाट सडकको निरक्षणमा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रकी उम्मेद्धार रेणु दाहाललाई भोट मागेर फर्केका छन् । बुधबार मुग्लिन नारायणघाट सडक खण्डको अवलोकन निरक्षणमा भरतपुर पुगेका देउवाले कांग्रेस नेता कार्यकर्तालाई हँसिया हथौडामा भोट हाल्न कडा निर्देशन दिए ।

२० साउनमा भरतपुर महानगरपालिका वडा नं १९ को निर्वाचन हुँदैछ । देउवा सडक निरक्षणको बहानामा भरतपुर पुग्दा निर्वाचनको मौन अवधि थियो । मौन अवधिमै उनले चितवन कांग्रेसका नेता कार्यकर्तालाई भेटघाटका लागि बोलाएका थिए ।

करिव ४५ मिनेट चलेको भेटघाटमा देउवाले माओवादी उम्मेद्धार रेणु दाहाललाई जिताउन कांग्रेस नेता कार्यकर्तालाई कडा निर्देशन दिएका थिए । जसले गठबन्धनबिरुद्ध मत हाल्दैन, उसका नाम टिपेर म कहाँ पठाउनु, देउवाले भने पार्टी निर्देशन नमान्ने कांग्रेस कार्यकर्ता हुँदैन, उसलाई म कारवाही गर्छु ।

चितवनका कांग्रेस नेता कार्यकर्ताले माओवादीसँग गठबन्धन गरेर आफ्नो साख खसेको गुनासो देउवासँग गरेका थिए । तर देउवाले जे गल्ति हुनुथियो भइसक्यो, अब गठबन्धनको उम्मेद्धारलाई नजिताए अर्को गल्ति हुन्छ, देउवाले भने । अघिल्लो पटक भएको गल्ति नदोहरयाउने देउवाले कांग्रेस नेता कार्यकर्तालाई चेतावनी समेत दिएको स्रोतले बताएको छ ।

 

प्रधानमन्त्री देउवा मुग्लिन नारायणघाट सडक खण्डको अवलोकन बहाना बनाएर आफै गएका होइनन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा चितवन पुगेका हुन् । बहाना सडक अवलोकन, तर मकसद रेणुका पक्षमा भोट माग्नु थियो, देउवा निकट स्रोतले भन्यो, थियो एस काठमाडौंमा खबर छ।

१९ श्रावण २०७४, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको