फुटाउ र राज गरका कलंकित पात्र बाबुराम भट्टराई साबित हुँदै!


पोष्टपाटी!

देशलाई आर्थिक समृद्दी तिर लैजाने सपना देखाएर पार्टी फुटाई चकनाचुर पारेका डा. बाबुराम भट्टराई स्थानीय तहको चुनावमा हार बेहोरे पछी निरिह भएका छन्। उनको नयाँ शक्तिले त हार्यो नै सिंगो माओवादी शक्ति तेस्रो नम्बरमा सिमित भएको छ।

स्थानीय सरकारको पहिलो र दोश्रो चरणको चुनावमा पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईको निर्वाचन क्षेत्रमा नै उनको पार्टीले लस्सापद हार व्यहोरेको छ । यसकारण पछिल्लो समय भट्टराईको ‘मोरल डाउन’ भयो ।

यसको गतिलो उदाहरण भट्टराईको बलियो क्षेत्रमानिएको पालुङटार नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार दीपकबाबु कँडेल विजयी भए। पालुङटारमा भट्टराईको पार्टी तेस्रो बन्यो । भट्टराईको पार्टी र संघीय समाजवादी फोरमको गठबन्धनबाट अशोक देवकोटा मेयरका उम्मेदवार थिए । तर, उनी माओवादी केन्द्रका विवश चिन्तन भन्दा पनि पछि परे ।

वैकल्पिक राजनीतिक शक्ति’ को अवधारणाबमोजिम सहरी क्षेत्रमा समेत उनले पकड जमाउन सकेका छैनन्। त्यसैले, दोस्रो चरणको निर्वाचनपछि उनले लिने रणनीतिले पार्टीलाई सशक्त ढंगले राष्ट्रिय राजनीतिमा ल्याउँछ कि ल्याउँदैन हेर्न बाँकी नै छ।

दोस्रो चरणको स्थानीय तह निर्वाचनमा नयाँ शक्ति पार्टीले मधेशी दलहरुको एकिकरण पछि बनेको राष्ट्रिय जनता पार्टी राजपा नेपालसंग मिलेर चुनाव लड्ने घोषणा गरेको थियो ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग चुनावी तालमेल गरी उसैको चुनाव चिन्हमा नयाँ शक्ति पहिलो चरणको निर्वाचनमा सहभागि भएको थियो । तर मधेशमा समेत नराम्रो संग हार व्यहोर्न पर्यो । नयाँ शक्तिको लज्जास्पद हार पछि आफ्ना निकट मित्रहरु संग छलफल गर्ने क्रममा उनि रोएका छन् ।

युरोपको विकास मोडल अध्ययन गर्न बाबुरामले पार्टी त्याग्ने आफूभित्रको सम्भावना माओबादीमा बस्दा पुरा नहुने देखेर नयाँ दल निर्माणमा बाबुराम जुटे पनि उनी छोटो समयमा नै नयाँ यात्राबाट निराश देखिन्छन् ।

स्थानीय तहको निर्वाचनमा जनमतको परिणामले गर्दा बाबुरामले पार्टीका नेताहरुसंग अनपेक्षित प्रस्ताव गरेका छन् ।

स्थानीय तहको निर्वाचनपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीको नेतृत्व नै छाड्ने इच्छा देखाएका छन् । नयाँ शक्ति निकट श्रोतका अनुसार बाबुरामले उनीभन्दा तल्लो तहका नेतालाई बोलाएर केहि दिन अघि मात्र नेतृत्व लीइदिन आग्रह गरेका थिए ।

माओबादी पृष्ठभूमिका दुई नेता देबेन्द्र पौडेल र गंगा नारायण श्रेष्ठलाई भट्टराईले यस्तो आग्रह गरेको चर्चा नयाँ शक्ति पार्टीमा चुलिएको छ ।

नयाँ शक्ति निकट श्रोतका अनुसार बाबुरामले पौडेल र श्रेष्ठलाई ६ महिनाका लागि पार्टी नेतृत्व लिईदिन आग्रह गरेका हुन् । बाबुरामले ६ महिना युरोपको विकास मोडल अध्ययनका लागि आफुलाई समय चहिएको भन्दै पार्टीका नेताहरुसंग यस्तो आग्रह गरेको कुरा आजको साँघु पत्रिका लेख्छ ।

नयाँ शक्ति पार्टीले अपेक्षित आकार लिन नसकेपछि पार्टीको एउटा समूह विकल्पको खोजीमा लागेको छ । विशेष गरेर माओवादीबाट आएका नेता तथा कार्यकर्ताहरु नयाँ शक्ति पार्टी अब नबन्नेमा ढुक्क छन्।

टिभी अन्नपुर्णका अनुसार, यस्तो निष्कर्षमा पुगेका पूर्वमाओवादीहरुको नेतृत्व नेता देवेन्द्र पौडेलले गर्दै आइरहेका छन् । पौडेलले यस्तै निष्कर्षमा पुगेका नेताहरुसँग माओवादी केन्द्रमा जाने विषयमा नै छलफल गरिसकेका छन् ।

पहिलो चरणको निर्वाचअघि नै माओवादी केन्द्रमा प्रवेश गर्ने गरी पौडेलले छलफल अघि बढाए पनि प्राविधिक कारणले रोकिएको थियो ।

स्रोतका अनुसार, पहिलो चरणमा आएको परिणामले पौडेलको समूह माओवादीमा प्रवेश गर्न हतारिएको छ । ‘चुनावअघि नै नयाँ शक्ति छाडेर माओवादीमा जानेबारे पौडेलले छलफल गरेका थिए,’ स्रोतले भन्यो, ‘निर्वाचनलगायतका कारण माओवादीमा जाने तयारी रोकिएपनि असार १४ को निर्वाचनपछि पुरानै घरमा फर्कने तयारी छ ।’

स्रोतका अनुसार, माओवादीबाट आएको एउटा समूहले छिटोभन्दा छिटो माओवादीमा जान पौडेल समूहलाई दबाब दिइरहेको छ ।

केहि समय अगाडी एमाओवादी केन्द्रीय समिति परित्याग गरेका तीन नेता आत्मालोचना गर्दै पार्टीमा फर्केका छन् । पार्टी परित्याग गरेका वरिष्ठ नेता बाबुराम भट्टराईले थालेको नयाँ शक्ति अभियानमा सहभागी हुने भन्दै पार्टी त्यागेका उनीहरु फेरि एमाओवादीमै फर्केका हुन् ।

माओवादी केन्द्रीय समिति बैठकमा सहभागी हुँदै पोलिटब्युरो सदस्य शशी शेरचन स्वनाम साथी, घनश्याम यादव र उपेन्द्र साहले महासचिव कृष्णबहादुर महरालाई आत्मालोचना पत्र बुझाएका हुन् ।

उनीहरुसहित २१ केन्द्रीय सदस्यलगायत ४५ नेता एमाओवादी परित्याग गरेका थिए । ‘भट्टराईले नयाँ शक्ति निर्माण क्रममा मार्क्सवाद छाडेको बताएकाले’ आफूहरु फर्केको उनीहरुको प्रष्टिकरण छ ।

यी सबै घटनाक्रमहरु हेर्दा भन्न सकिन्छ बाबुराम भट्टराईको अग्निपरिक्षा सकियो ।

१९ असार २०७४, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको