जापानबाट हराएकी सबिना खोइ ? बिदेशका संस्था आपसमा लडेर बेइज्जत – रबि (भिडियो)


पोष्टपाटी/ सिधाकुरा जनता संगका प्रस्तोता रबि लामिछानेको दम्दार प्रस्तुती, जापानबाट हराएकी सबिना महर्जन कहाँ छिन ? बिदेशका संस्थाहरु किन जुधेर बसेका छन ?

अरु देशका नागरिकहरु आफ्नु देशलाई कसरी बनाउने भन्ने एजेन्डामा छलफल गर्छन तर नेपालीहरु बिभिन्न संघसंस्था खोलेर आपसमै लडेर देशकै बेइज्जत गर्दै छन् भन्दै रविले बिदेशमा रहेका नेपालीहरुलाई दह्रो झापड हाने ।

राजनैतिक दलहरुको गलत हर्कतले गर्दा देशको दुरावस्था भयो सबै अस्तव्यस्त र देशमा बेरोजगारी बढ्यो जसले गर्दा बाध्य भएर देशका ६० लाख युवाशक्तिहरु बिदेशमा काम गर्न पलायन भए तर बिडम्बना जुन राजनैतिक दलहरुको गलत हर्कतले युवाहरु बिदेशिन बाध्य भए त्यही राजनैतिक दलको संगठनहरु खोलेर फेरि पनि उही दलको गुणगान गरे ।

सिधाकुरा जनतासंगका प्रस्तोता रवि लामिछानेले साच्चिकै अन्याय- अत्याचारमा परेकाहरु निमूखा र पिडितहरुको लागी जस्तोसुकै दवाब आएपनी आफुले निष्पक्ष भएर अन्याय,अत्याचार र सामाजिक बिकृतिको विरुद्ध आवाज उठाउँन र न्याय दिलाउनको लागी पहल गर्ने नछोड्ने बताउँछन्।

रविले नेपालमा मात्रै होइन बिदेशमा समेत नेपालीहरुलाई ठग्ने र ठगी धन्दा चलाउँनेहरुलाई समेत छोडेका छैनन्। छोटो समयमै ईमान्दारीताका साथ जनताको पक्षमा काम गरेकाले रवि लामिछाने चर्चित त बनेका छन् नै उनी आफैँ देश बिगार्ने नेताहरु र गलत गर्ने विरुद्ध खरो रुपमा प्रस्तुत हुन्छन्।

जापानमा हराएकी सबिना महर्जनकि दिदीको पिडा सुन्दा जो कोहिको पनि आँशु रोकिदैन यस्तो पिडा कसैलाई पनि नपरोस ८ बर्ष देखि जापानमै गायब छिन सबिना जसले गर्दा उनको सबै परिवार नै अथाह दु:खमा डुबेको छ र रविले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाए ।

रबिको झापड प्रवासी नेतालाई, जुन नेता र दलले विदेश खेद्यो त्यहि दल र नेताको भजन गाउनुस विदेश बसेर ! हेर्नुहोस दमदार प्रस्तुति |

१७ भाद्र २०७४, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको