बाढी पिडितको सहयोगार्थ मितेरी समाजको तिज महोत्सव भब्य सम्पन्न


पोष्टपाटी/युएई, १७ भाद्र,

युएईमा सक्रिय रहेको मितेरी समाज युएईले सेप्टेम्बर १ सुक्रबारका दिन तिज महोत्सव २०१७ भब्य सम्पन्न गरेको छ। हिन्दु नारीहरुमा समर्पित तिज बिशेष महोत्सबलाई देशका बाढीपिडितहरुको सहयोगार्थ भएको हो।

युएईको अलएन शहर स्थित फुड वर्ल्ड रेस्टुरेन्टमा भएको कार्यक्रममा युएईमा रहेका ख्याती प्राप्त स्थानीय कलाकारहरुको जोडदार प्रस्तुति रहेको थियो। मितेरी समाजका कार्यबाहक अध्यक्ष प्रदिप पुन मगरको सभापतित्व रहेको महोत्सवको प्रमुख अतिथि समाजका संस्थापक तथा सरक्षक प्रेम रिजाल रहनु भएको थियो भने विशिष्ट अतिथिहरुमा विभिन्न संस्थाका प्रतिनिधिहरु रहनु भएको थियो।

करिव ३०० को उपस्थिति रहेको महोत्सवको औपचारिक कार्यक्रमको संचालन इश्वर गुरुङ र अनौपचारी कार्यक्रमको संचालन रन्जु राई, धना क्षेत्री र बलाराम बस्नेतले गर्नु भएको थियो । कार्यक्रम औपचारिक तथा अनौपचारिक गरि दुइ चरणमा सम्पन्न भएको थियो ।

मितेरी समाजका युएई संस्थापक तथा सल्लाहकार प्रेम रिजाल कम्पनि कै कारण युएई छोडेर कतार सरुवा हुने भएको हुँदा मितेरी समाजले स-सम्मान बिदाई गरेको थियो। युएईमा रहेका नेपालीहरु माझ स्थापित भएको मितेरी समाज निर्माण तथा गठनमा महत्वपूर्ण भुमिका निर्बाह गर्नु भएको प्रेम रिजाल प्रति समाजले कदर पत्रले समेत सम्मान गरेको थियो।

बिदाइको क्रममा रिजालले भाबुक हुदै सम्बोधन गर्दै भन्नु भएको थियो, ‘ १९ सेप्टेम्बर २०१४ मा स्थापना भएको मितेरी समाज महिलाहरुको तिज पर्ब अबसरपारि जन्मिएको ठिक ३ बर्ष पछी आज पुनः महिलाहरु कै तिजको कार्यक्रमबाट विदाई भएर कतार जाँदै छु, अब मितेरी समाजले युएई मात्र नभएर गल्फ देशभरि संगठन निर्माणमा जुट्ने छ, भोलि संसार भरि फैलने छ’।

युएईमा मितेरी समाजले पाएको सफलता युएई बासीहरुको सहयोग समर्थनले भएको र अझै पनि यस्तै सहकार्यले समाजको उचाई संगै सामाजिक कार्यमा अझै सफलता पाउने बिश्वास व्यक्त गर्दै रिजालले समाजमा आबद्द ब्यक्तिहरु र नैतिक समर्थन गर्ने युएई बासी नेपालिहरु प्रति धन्यवाद प्रकट गर्नु भएको थियो।

कार्यक्रममा स्थानीय कलाकारहरु दिव्या सुब्बा, बिक्रम परियार, शर्मिला, रोशनी लामा, डीबी समर्पण, चन्द्र राना मगर, हरि पौडेल, पुरुषोत्तम चौलागाई, उषा तामाङ, होम रजाइली मगर, संगीता सिलवाल सिजाली, रणधिर लिम्बु, बिबश ठकुरी, यमन बिक, राम लिम्बु, सुरेन्द्र लामा, रेणिका थापा मगर, कविता बिक, ममता गुरुङ, महेन्द्र राणापाल, सुमिता अर्याल, राज ठोक्कर, अनिल बिक, सागर परियार लगायतका कलाकारहरुको प्रस्तुति रहेको थियो।

कार्यक्रमको बिचमा केहि समय अगाडी स्तन क्यान्सर पिडित माया ठकुरीको सहयोगका लागि मितेरी समाजको तर्फबाट सक्रिय भूमिका निर्बाह गर्नुहुने दिव्या सुब्बा (बरिष्ठ उपाध्यक्ष), रन्जु राई (सचिव) सुमिना आर्याल (सदस्य), मुस्कान लामा (सदस्य) र धना क्षेत्री (सदस्य) लाइ प्रसंसा पत्रद्वारा कदर सम्मान गरिएको थियो।

युएईमा रहेका अन्य सामाजिक संस्थाहरुको तुलनामा मितेरी समाज युएईमा महिलाहरुको प्रतिनिधित्व उच्च रहेको छ र त्यहि अनुसार समाजको नेतृत्व वा जिम्मेवारी पनि महिलाहरुलाइ दिइएको छ, समाजको यो एउटा विशिष्ट पक्ष नै हो। समाजको आर्को पहिचान भनेको राजनीति, धर्म, जाति बिशेष नभएर सबैको साझा प्रतिनिधित्व भएको संस्था हो समाजकी बरिष्ट उपाध्यक्ष दिब्या सुब्बाले पोष्टपाटी संग बताउनु भयो।

मितेरी समाजले विभिन्न समयमा यसरि नै सबैसंग सहयोगमा हातेमालो गर्दै आएको छ। यसपालिको तिज बाढी पिडितहरुमा समर्पित थियो, कार्यक्रमबाट उठेको रकम पिडितहरुलाई नै हस्तान्तरण गरिने कार्यबाहक अध्यक्ष तथा कार्यक्रमका सभापति प्रदिप पुन मगरले बताउनु भएको थियो।

१७ भाद्र २०७४, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको