पोष्टपाटी!
एमाले अध्यक्ष केपी शर्मा ओलीले रोल्पा-रुकुममा अहिलेसम्म लोकतन्त्र नै नआएको भनि एक खुल्ला कार्यक्रममा टिप्पणी गरेपछी वर्तमान गृहमन्त्री जनार्दन शर्माले सामजिक संजाल फेसबुक मार्फत जबाफ फर्काएका छन्।
काठमाडौं जिल्लाका महानगरपालिका र नगरपालिकाका निर्वाचित मेयर/उपमेयर र कार्यपालिका सदस्यलाई प्रशिक्षण गर्ने क्रममा ओलीले भनेका थिए ‘रोल्पामा एउटा गाउँपालिका जित्यौं, माओवादीले घोषणा नै गर्न दिएन। त्यहाँ अहिलेसम्म लोकतन्त्र नै आएको छैन। आतंकको छाया पनि कस्तो छ भने एमालेले जित्यो तर जितेको घोषणा गर्न पाइँदैन भन्छन्।’
केपी ओलीको उक्त टिप्पणी प्रति लक्षित गरेर गृहमन्त्री जनार्दन शर्माले जनमतको अवमूल्यन गर्नु वहाँभित्र रहेको दम्भ र निरंकुशता युक्त सोंच फुत्त बाहिर निस्केको भनेर प्रतिवाद गरेका छन्।
रुकुमको जनमतलाइ अबमुल्यन गर्दै टिप्पणी गर्ने केपी ओली प्रति दयाभाव जागेको प्रतिउत्तर दिएका छन्।
गृहमन्त्रीले जवाफमा भनेका छन् वहाँको पार्टीको विजय भए मात्र लोकतन्त्र हुन्छ रे! त्यसो भए उहाँको पार्टीले प्राप्त जनमतलाई अरुले त्यसै भनेमा के हुन्छ? भन्दै गृहमन्त्री शर्माले केपी ओलीलाई प्रतिप्रश्न गरेका छन्।
हेर्नुहोस जनार्दन शर्माको भनाई जस्ताको त्यस्तै:-
“रुकुमको जनमतलाई अवमूल्यन गर्देै टिप्पणी गरेको सुने मलाई उहाँप्रति दयाभाव जाग्यो। वहांको पार्टीको विजय भएमात्र लोकतन्त्र हुन्छ रे! त्यसो भए उहांको पार्टीले प्राप्त जनमतलाई अरुले त्यसै भनेमा के हुन्छ? जे होस जनमतको अवमूल्यन गर्नु वहाभित्र रहेको दम्भ र निरंकुशता यूक्त सोच फुत्त बाहिर निस्केको हुनुपर्छ। धन्य नेताजी!”
प्रतिक्रिया दिनुहोस