युएइका मुस्लिम समुदाय संग मितेरी गाँस्दै ‘मितेरी समाज’


पोष्टपाटी/२ जुलाई २०१७

युएइको अलएन क्षेत्रमा हरेक समुदाय सँग सुख दुखमा सहकार्य र समन्वय गर्दै आएको संस्था मध्ये सबै भन्दा क्रियाशील संस्था मितेरी समाज मानिन्छ, जसले बेलाबखत विविध कार्यक्रमहरु गर्दै आएको छ।

यसपाली भने मितेरी समाजले कार्यक्रममा केहि मुस्लिम समुदायका साथीभाईहरुको उपस्थितिमा भेटघाट तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

युएई स्थित अलएन क्षेत्रमा क्रियाशील मितेरी समाजले इस्लामिक पर्व इदको अबसरमा भेटघाट तथा जनचेतना कार्यक्रम हो। २९ जुन बिहिबार साँझ अल एनको किनारा रेस्टुरेन्टमा कार्यक्रम भएको थियो।

मितेरी समाजका कार्यबाहक अध्यक्ष पर्दिप पुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि समाजका प्रमुख संस्थापक तथा संरक्षण प्रेम राज रिजाल रहनु भएको थियो।

उक्त कार्यक्रमका संचालन रन्जु राई थिए भने ईश्वर गुरुङबाट उपस्थित सबैलाई स्वागत मन्तव्य दिएर स्वागत गर्नु भएको थियो।

कार्यक्रमको खण्डमा समाजमा महिलाहरुको भुमिकाबारे मितेरी समाजकी दिव्या सुब्बा द्वारा चर्चा गरिएको थियो, साथै मोहन बुढाथोकीबाट युएइको कानुनको बारे सुझाउने काम भएको थियो।

त्यस्तै मितेरी सहकारी कोषको भुमिका र बिषयमा यमन घर्तीमगरले प्रस्ट्याउनु भएको थियो। मितेरी समाजको महत्व र भूमिका बारे समाजका चन्द्र राना मगरले राख्नु भएको थियो।

भेटघाट तथा सचेतना कार्यक्रममा मितेरी समाजले हाल सम्म गरेका सामाजिक कार्यहरुको प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो।

कार्यक्रममा केहि मुस्लिम समुदायका साथीभाईहरुको पनि उपस्थिति रहेको मितेरी समाजका संस्थापक प्रेम रिजालले सुनौलो नेपाललाई बताउनु भएको छ।

१८ असार २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको