सेप्टेम्बर १ विश्वयुद्ध आरम्भ, कोरियन विमानमा गोली हान्दा दुई सय ६९ को मृत्यु |


आजको दिन सेप्टेम्बर १ मा विश्वमा भएका मुख्य घटना यस्ता थिए:

१८९४, अमेरिकी राज्य मिनेसोटाको हिंक्ले सहरमा डढेलोबाट फैलेको आगलागीमा परी चार सय ४० को मृत्यु भएको थियो ।

१९३९, जर्मनीले पोल्यान्डमाथि कब्जा जमाएसँगै दोस्रो विश्वयुद्ध आरम्भ भएको थियो ।

१९६९, २७ बर्षका सैनिक क्याप्टेन मौमार अल गद्दाफस्ले लिबियाका राजा इद्रिसविरुद्ध सफल सैनिक विद्रोह गरेका थिए ।

१९७९, अमेरिकी अन्तरिक्षयान पायोनियर ११ पहिलोपल्ट ग्रहमा पुग्न सफल भएको थियो ।

१९८३, सोभियत हवाई क्षेत्रमा उडेको आरोपमा सोभियत लडाकु विमानबाट कोरियन वायु सेवाको विमानमा गोली प्रहार भएको थियो ।
उडीरहेको चालक खस्दा चालक दलका सदस्यसहित दुई सय ६९ को मृत्यु भएको थियो ।

आजको नयाँ पत्रिका दैनिकको टिपोटबाट।

१६ भाद्र २०७४, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको