मुना थापाले यो तीजमा १२ वटा टिपिकल तिज गित गाइन (भिडियो)


चर्चित लोक गायिका मुना थापाले यो तीजमा मात्रै १२ वटा गित गाइन। ११ वटा गित गाइसकेकी मुनाले बाह्रखरी संग कुरा गर्दै भनिन अब एउटा तिज गित गाउन बाँकी छ। यसमध्ये एउटा गित मुनाको आफ्नै गित हो।

सभ्य र शालीन कलाकारको पहिचान बनाएकी मुना थापाका अनुसार तिज गित समाज र संस्कार अनुसार हुनुपर्नेमा उनको जोड छ। यसैक्रममा उनले भनेकी छन् “समाज र संस्कृतिलाई चुनौती दिने खालका गित बन्नु हुँदैन र त्यस्ता गित मैले गाएको पनि छैन”।

टिपिकल गित गाउँन कलाकार स्वयं सचेत हुनुपर्ने उनले बताईन। कलेक्सन गित गाउनेका लागि भने गित तयार पार्नेले सभ्य र सुसंस्कृत युक्त गित बनाई दिनु पर्ने गायिका मुनाको भनाइ छ।

गित अनुसारकै म्युजिक भिडियो बनाउनु पर्नेमा जोडदिदै थापाले भनिन “गित सुहाउदो भिडियो बनेन भने पनि त्यसको दोष गायिकालाई दिने गरेको पाइन्छ तर त्यसको जबाफदेहि स्वयम् निर्देशक हुनुपर्छ”

हाल तिज गित गाउन व्यस्त रहेकी मुना थापा बिभिन्न जिल्लामा स्टेज प्रोग्राममा जाँदै छिन र तिजको समयमा भने तिजकै कार्यक्रममा इजरायल जाने छिन।

हेर्नुहोस मुना थापाको तीजगीत:-

हाम्रो वेव साइटमा भिजिट गर्न  http://www.postpati.com

१७ श्रावण २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको