परिआए वाइसिएलले लाठीमात्र होइन, हतियार सम्म उठाउने खुलासा


पोष्टपाटी!

पहिलो र दोश्रो चरणको निर्वाचनमा माओवादी केन्द्रको सोचे जस्तो परिणाम नआएपछि, अब बाँकी रहेको निर्वाचनमा वाईसीएल सकृय बनाएर निर्वाचनमा गुमेको जनमत फिर्ता गर्ने निर्णयका साथ माओवादीले २ नम्बर प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा वाईसीएल विँउताउने निर्णय गरेको प्रचण्डले खुलासा गरेका छन् ।

वाईसीएललाई सक्रिय पारेपछि गुमेको जनमत फिर्ता आउने र आफ्नो वर्चस्व कायम नै रहनेछ भन्ने विश्वासका साथ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आश्वस्त भएको खबर छ ।

केहि दिन अघि सम्पन्न भएको पेरिसडाँडाको बैठकमा समेत अध्यक्ष प्रचण्डले अव माओवादी आफ्नो वास्तविक हैसियतमा फर्कन्छ भनेर पार्टीपंक्तिलाई आश्वासन दिएका थिए ।

साथै उनले वाईसीएलको राष्ट्रिय सम्मेलन गरेर आफ्नो सक्रिय पुनर्जन्मको न्वारान गरेर अघि बढ्ने सोचमा लागेको छ । पार्टि सचिवलाय बैठकले भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको राष्ट्रिय सम्मेलन गर्न र कार्यक्षेत्रमा उत्रिन आदेश दिएको छ ।

वाईसीएललाई पार्टी सशक्त बनाउने जिम्मा मिलेको छ र वाईसीएलले अव फेरि तर्साउने र तेस्र्याउने चरित्र देखाउने खतरा बढेर गएको छ ।

स्मरणीय छ, हतियार बिसाएर शान्ति प्रक्रियामा आएसँगै नेकपा माओवादी केन्द्रले वाईसीएल गठन गरेको थियो । सुरुमा चर्चा र विवादमा आए पनि त्यसपछि भने कम गतिविधिका कारण निष्क्रिय जस्तै बन्दै आएको वाईसीएललाई पुनः सक्रिय र सशक्त बनाउने तयारीसाथ २ र ३ भदौमा वाईसीएलको राष्ट्रिय महाधिवेशन हुँदैछ ।

यसपछि वाईसीएलले परिआए लाठीमात्र होइन, हतियारसमेत उठाउन सक्ने नीति पारित गर्ने स्रोतले जानकारी दिएको छ ।

अयोजक समिति संयोजक निबबहादुर कुँवरका अनुसार वाइसीएल ‘चुस्त, छरितो र चलायमान हुनेछ ।

१७ श्रावण २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको