सुदूरपश्चिमका किसान रोपाइँ सकेर खाली समयमा पैसा कमाउन रोजगारीका लागि भारत जान थालेका छन् ।
दशैं तिहारजस्ता पर्वका लागि खर्च जुटाउन उनीहरु रोपाइँ सकिने बित्तिकै भारत जान लागेका हुन् ।
गड्डाचौकी र गौरीफण्टा नाकामा पटके रोजगारीका लागि भारत जानेहरुको लामो लर्काे देखिन्छ ।
खेतीपातीको काम सकिएपछि भारतका विभिन्न शहरमा गएर साउन र भदौ २ महिना रोजगारी गरी दशैंमा घर फर्कने अधिकांश किसानको वार्षिक कार्यतालिका जस्तै बनेको छ ।
दशै खर्च जुटाउने उद्देश्यले कैलाली र कञ्चनपुरका अधिकांश किसान रोपाई सकिएपछि सिम्ला, मुम्बई, दिल्ली तथा पुणेमा मजदुरी गर्न जाने गरेका छन् ।
खेतीपातीमा मात्रै निर्भर हुँदा परिवारको खर्च चलाउन समस्या हुने भएकाले उनीहरु मजदुरी गर्न भारत जाने गरेका हुन् ।
गौरीफन्टा नाकाहुँदै दैनिक १ हजार ५ सयभन्दा बढी नेपालीहरु भारतका विभिन्न शहरमा जाने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस