काठमाडौं । ‘दंगल’ जस्तो ब्लकबस्टर चलचित्र दिएपछि आमिर खान र निर्देशक नितेश तिवारी एकपटक फेरि एकै साथ काम गर्ने सोच बनाइरहेका छन् । यो बलिउड फ्यानका लागि खुसीको खबर हो । यद्यपि यो खबरका बारेमा अहिलेसम्म आधिकारिक पुष्टि भएको छैन ।
तर, भारतीय अनलाइन फिल्मीबिटका अनुसार नितेश तिवारीले एउटा स्क्रिप्टको काम सकेका छन । जसलाई रोनी स्क्रुवाला, सिद्धार्थ राय कपुर र करण जौहरले निर्माण गर्ने छन् । यो चलचित्रमा नितेश फेरि पनि आमिर खानलाई ‘कास्ट’ गर्न इच्छुक छन् । तर, आमिर अहिले यशराज फिल्मस्को ‘ठग्स अफ हिन्दुस्तान’ मा व्यस्त छन् ।
आमिरले यो चलचित्रमा काम गर्छन् या गर्दैैनन्, यो हेर्न बाँकी छ । अहिले निर्देशक, कलाकार ‘दंगल’ को सफलताको खुसीयाली मनाउँदैछन् । ‘दंगल’ बलिउडको सबैभन्दा धेरै कमाइ गर्ने चलचित्र बनेको छ ।
प्रतिक्रिया दिनुहोस