जोलीएलएलबी–२, ‘सटायर कोर्टरुम ड्रामा’


काठमाडौं । आफ्नो भूमिकामा अक्षय कुमार अलिकति पनि दायाँबायाँ गर्दैनन् र सम्झौता त गर्दैगर्दैनन् । उनका फ्यानलाई यो कुरो मजाले थाहा छ । जोलीएलएलबी–२ को कथा र पात्रलाई उनले न्याय गरेकै हुनुपर्छ । यस अघि चलचित्रको ट्रेलरमा समेत उनको प्रस्तुति देखिसकिएको छ । अब भने चलचित्र सिनेमा घरसम्म पुगेर हेर्ने पालो आएको छ । भाष्कर अनलाइनले चलचित्र कस्तो बन्यो ? यसको कथा, निर्देशन, अभिनय, संगीतका आधारमा विश्लेषण गरेको छ । हेरौँ यो रिभ्यूः यस्तो छ चलचित्र ‘जोली एलएलबी–२’

जनरः सटायर कोर्टरुम ड्रामा
निर्देशकः सुभाष कपुर
प्लटः निर्देशक सुभाष कपुर सामाजिक मुद्दालाई रमाइलो तरिकाले पर्दामा उतार्दैछन् ।
स्टारकास्टः अक्षय कुमार, हुमा कुरैशी, सौरभ सुक्ला, अन्नु कपुर, सयानी गुप्ता
निर्माताः फक्स स्टार स्टुडियो
संगीतः मुन्ज मुसिक, मित ब्रदर्स, चिरन्तन भट्ट

[tie_full_img]

[/tie_full_img]

कथा
लखनउ निवासी जगदीश्वर मिश्रा उर्फ जोली (अक्षय कुमार) एक वकिलका लागि काम गर्छन् । कोर्टमा उनी आफैँको चेम्बर भए होस् भन्ने चाहान्छन् । उनकी श्रीमती पुष्पा पान्डे (हुमा कुरैशी) र, छोरासँग सुखी जिन्दगी बिताइरहेका छन् । हाँसीखुसी जिन्दगीमा हिना सिद्दीकी (सयानी गुप्ता) को इन्ट्री हुन्छ । जसको श्रीमान्को इन्काउन्टर प्रहरीले गर्छ । हिनाका वकिल भएका जोली यो फर्जी इन्काउन्टरको मुद्दा लड्न तयार हुन्छन् । कानुनका विरुद्ध के उनी साँच्चै यसलाई प्रमाणित गर्न सफल हुन्छन् ? के उनी हिनालाई न्याय दिलाउन सक्छन् ? यो जान्नका लागि भने तपाईँले चलचित्र हेर्नुपर्छ ।

निर्देशन
सुभाष कपुरको निर्देशनलाई प्रशंसा गर्नै पर्ने हुन्छ । उनले लखनउ र बनारसको वास्तविक परिवेशमा चलचित्रको छायांकन गरेका छन् । चलचित्रमा कमेडी र गम्भीर मुद्दा बराबर प्रस्तुत गरिएको छ । यी दुई जनराको तालमेल राम्रोसँग गरिएको भन्न सकिन्छ । चलचित्रको  विशेषता यसको डाइलग हो । कथा तपाईँलाई वास्तविक र रमाइलो लाग्छ।

अभिनय
अक्षय कुमारको प्रशंसा अवश्य नै गर्नुपर्छ । जसले लखनउको चलनचल्तीलाई चलचित्रमा शानदार तरिकाले प्रस्तुत गरेका छन् । अक्षयको लखनउवाला चरित्र र वकिलवाला भूमिका राम्रो लाग्छ । आफ्नो कमेडी र गम्भीरताबाट अक्षयले तपाईँलाई प्रभावित तुल्याउँछन् । जोलीकी श्रीमती बनेकी हुमा कुरैशी, न्यायधीश सुन्दरलाल त्रिपाठी बनेका सौरभ शुक्लादेखि अनु कपुर, सयानी गुप्ता सबै स्टारले आफ्नो भूमिका गज्जबले निर्वाह गरेका छन् ।

गीत
चलचित्रमा जम्मा चार गीत छन् । यी गीत कथासँग मेल खाने पनि छन् । कुनै पनि गीतलाई चलचित्रमा जबरजस्ती राखिएको छैन ।

हेर्ने या नहेर्ने
अक्षयको अभिनय, सामाजिक मुद्दामा आधारित यसको कथा निसन्देह तपाईँ हेर्नसक्नुहुन्छ । अरशद वारसी अभिनित ‘जोली एलएलबी’ जस्तै यो चलचित्र पनि तपाईँलाई राम्रो लाग्छ ।

 

१० माघ २०७१, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको