मानेको दुई गोल मद्दतमा लिभरपुलले टोटनह्यामलाई हरायो


काठमाडौं । साडियो मानेले दुई गोल गरेपछि इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले टोटनह्यामलाई पराजित गरेको छ । लिग अन्तर्गत शनिबार राती भएको खेलमा लिभरपुलले टोटनह्यामलाई २–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन मानेले दुई मिनेटभित्र दुइ गोल गरे । जसको कारण लिगको दोस्रो स्थानको टोटनह्याम पराजित हुन् पुग्यो ।
खेलको १६ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि १८ औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । त्यसपछि दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेन र खेल लिभरपुलले २–० ले आफ्नो पक्षमा बनायो ।

जितपछि लिभरपुल लिगको चौथो स्थानमा उक्लिएको छ भने टोटनह्यामले शीर्ष स्थानको चेल्सीसँगको अंक दूरी कम गर्ने मौका गुमाएको छ । जितपछि लिभरपुलको २५ खेलबाट ४९ अंक जोडेको छ  । पराजित दोस्रो स्थानको टोटनह्यामको ५० अंक छ ।

शीर्ष स्थानको चेल्सीको ५९ अंक भने तेस्रो स्थानको आर्सनलको पनि ५० अंक नै छ ।  तर गोल अन्तरका आधारमा अघि रहेको छ ।

८ भाद्र २०७१, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको