माटा र मार्शलको गोलमा म्यानचेस्टर युनाइटेडको जित


काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले वाट्फोर्डलाई २–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन हुवान माटा र एन्थोनी मार्शलले एक एक गोल गरे ।  खेलको ३२ औं मिनेटमा माटाले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १–० ले अघि रहेको युनाइटेडले दोस्रो हाफमा थप एक गोल गर्यो  । खेलको ६० औं मिनेटमा मार्शलले गोल गर्दै युनाइटेडलाई सहज जित दिलाए ।

जितसँगै जोसे मोरिन्होको टोली युनाइटेडले आफ्नो अपराजित यात्रा कायम राखेको छ । लिगका पछिल्ला १६ खेलमा अपराजित रहेको युनाइटेडको यो लगातार दोस्रो जित हो । यसअघिको तीन खेलमा बराबरी गरेको युनाइटेडले गत हप्ता साबिक विजेता लेष्टर सिटीलाई ३–० ले हराएको थियो ।

यो जितसँगै छैटौ स्थानको युनाइटेडले २५ खेलबाट ४८ अंक जोडेको छ । र, युनाइटेडले चौथो र पाँचौं स्थानका लिभरपुल र म्यानचेस्टर सिटीसँगको अंक दुरी पनि एकमा झारेको छ । लिभरपुल र म्यानचेस्टर सिटीको ४९ अंक छ । ३० अंक जोडेको वाड्फोर्ड लिगको १२ औ स्थानमा छ ।

इंग्लिश प्रिमियर लिग अन्तर्गत नै शनिबार राती साउथ ह्यामप्टनले सन्डरल्यान्डलाई ४–० तथा स्टोक सिटीले क्रिष्टल प्यालेसलाई १–० ले पराजित गर्दा मिडल्सबर्ग र एभर्टनले गोलरहित तथा वेष्ट ह्याम र वेष्ट ब्रोमले २–२ को बराबरी खेल्दै अंक बाडेका छन् ।

१० असार २०७१, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको