ट्रेन्डिङ

  • शनि बिश्वकर्मा सोमबार बिहान काठमान्डौ आउदै, विमानस्थलमा भब्य स्वागतको तयारी

    कार्तिक ३, काठमान्डौ । गृहक्षेत्र भेटघाट कार्यक्रम सकेर लोकस्टार प्रतियोगी शनि बिश्वकर्मा सोमबार बिहान काठमान्डौ त्रिभुवन बिमान स्थल भएर फर्किने भएका छन् । आउदो कार्तिक ८ गतेको फाइनलको तयारीका लागि काठमान्डौ फर्किने भएका हुन् ।

    शनि जिताउ सयुक्त मूलसमितिले शनि बिश्वकर्मालाई त्रिभुवन बिमान स्थलमा स्वागत गर्ने भएको छ । मौलिक गाजा बाजा सहित विमानस्थलमा स्वागत गर्ने समितिले जनाएको छ ।

    शनि बिश्वकर्मा सोमबार ४ गते बिहान ८:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आइपुग्ने मूल समितिका संयोजक नबिन खड्काले बताए । उनले एक सुचना जारीगर्दै शनिको स्वागतका लागि उपत्यकामा रहेका संचारकर्मी, शुभचिन्तक सहयोगी अभियन्ताहरुलाई उपस्थित भैईदिन आग्रह गरेका छन् ।

    सयुक्त मूल समितिमा कलाकार, विभिन्न संस्थाका प्रतिनिधि तथा समाजसेवी अभियन्ताहरु रहेका छन् ।

    हेर्नुहोस निमन्त्रणा पत्र:

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    धेरै पढिएको