ताजा अपडेट

महरालाई थप ५ दिन हिरासतमा राख्न अदालतको आदेश

कात्तिक ३, काठमाडौं । स‌ंसद सचिवालयकी एक कर्मचारीमाथि यौ’न दु’र्व्य’वहार गरेको आरोपमा अनुसन्धानका लागि निवर्तमान सभामुख कृ’ष्णबहादुर म’हरालाई थप ५ दिन हि’रासतमा राख्न अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश बाबुराम सुवेदीको इजलासले कात्तिक २ गतेदेखि लागू हुने गरी ५ दिन थुनामा राख्ने आदेश दिएको हो ।

दोस्रो पटक म्याद थपका लागि अदालत उपस्थित गराइएका म’हरालाई जिल्ला अदालतले सरकारी वकिल कार्यालयमा सात घन्टा लामो बयानपछि जिल्ला अदालत काठमाडौं पेस गरिएको थियो।

यसअघि प्रहरीले महरामाथि अनुसन्धान गर्न १३ दिन म्याद लिएको थियो । प्रहरीले अनुसन्धानका लागि दोस्रो पटक ७ दिनको म्याद मागे पनि अदालतले ५ दिनमात्र दिएको हो ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको