ट्रेन्डिङ

  • एनआरएनहरुले देश र नागरिकता त्यागे, तर राजनीतिक पार्टी किन त्यागेनन ?

    कुल सरगम । नवौं संस्करणको एनआरएनए विश्व सम्मेलन भर्खरै सम्पन्न भएको छ । बिगतको एनआरएनको निर्बाचनमा भन्दा यसपटकको निर्बाचन निकै बिबादित देखियो ।

    एनआएनएको सम्मेलनमा भाग लिन अष्ट्रेलियाबाट काठमाडौं आएका एक प्रतिनिधिले त्रिभुवन विमानस्थलमा वितण्डा मच्चाए । अर्कोतर्फ सम्मेलनकै क्रममा पनि देखिएको भद्रगोल व्यवस्थापन, हुलदंगा र नाराजुलुस जस्ता क्रियाकलापले एनआरएनए आलोचित बन्न पुग्यो ।

    खुलम खुल्ला कम्युनिष्ट र कांग्रेसको प्यानल खडा गरेर चुनाव लड्ने कार्य भयो । ठुला पार्टीका नेताहरु एनआरएन बस्ने होटेलक कोठाहरु चहार्दै लबिङ गर्दै हिडे । विभिन्न मन्त्रालयका सचिवालयहरु एनआरएनहरुलाई भेट्न तछाडमछाड गरे ।

    लाजमर्दो बिषय सरकारी जनप्रतिनिधिले समेत भोट हाले । यो गम्भीर राजनीतिक हस्पक्षेत हो । यी सबै राजनीतिक हस्तक्षेप कारण उत्पादित तत्वहरुले उब्जाएका क्रियाहरु हुन् ।

    यस्तो कार्यले एनआरएनहरुमाथि एउटा गम्भीर प्रश्न उठेको छ:-

    तपाईहरुले रोजीरोटीका लागि देश त्याग्नुभयो, नागरिकता त्याग्नुभयो, तर कांग्रेस-कम्युनिष्ट पार्टी किन त्याग्न सक्नुभएन ? 

    हो …! प्रश्न गहिरिएर नियाल्ने हो भने यो निकै गम्भीर छ । आखिर देश र नागरिकता त्याग्नेहरुले यो देशको फोहोरी राजनीति किन त्याग्न सकेनन ?  राजनीति रहितको सुद्द एनआरएन किन बन्न सकेनन ? यो देशका स्वाभिमानी नेताले एनआरएनको नाममा किन देशमा राजनीति गर्छ ? यिनीहरु बिचको आपसी लेनदेन के हो ?

    यसका पछाडी केहि कारण छन् । मुख्य कारण स्वार्थगत संबन्धका लागि राजनीतिक कनेक्सन जोडिएको छ । आर्थिक पार्टोमै केन्द्रित छ ।

    नेताले विदेश भ्रमणका लागि टिकटको बन्दोबस्त देखि उठबस सम्मको खर्चपर्चका लागि बाहिर बस्ने एनआरएनहरुलाई दाताहरु बनाएका छन । भ्रमणबाट फर्किंदा विलासिताको जिबन जिउन गोजीमा खर्च भरिदिने स्रोतको रुपमा नेताहरुले एनआरएनहरुलाई प्रयोग गरेका छन ।

    नेपालमा चुनाव हुँदा मत खस्ने बुथहरु खरिद गर्न बैंकको भूमिका निर्बाह गरिदिने यिनै एनआरएनहरु हुन् । सुनकाण्ड यिनै संग जोडिएको छ । मानव तस्करी यिनैको कभरमा हुनेगरेको छ ।

    यसो भन्दै गर्दा सबै एनआरएनहरु यस्तै भूमिकामा छन् भने कदापि होइन ।

    सामाजिक सेवाका लागि परोपकारी भावना सबै भन्दा बढी यिनै मनकारी एनआरएनहरु संग छ । देशका विभिन्न भागमा परोपकारी कार्य गरेका छन् । तर चाहेर होस् वा नचाहेर नेपालका नेताहरुले बिदेशमा बस्ने एनआरएनहरुलाई आफ्नो हातमा लिएर व्यक्तिगत स्वार्थका लागि भरपुर प्रयोग गरेका छन् । फलस्वरुप पछिल्लो समय एनआरएन राजनीतिक शिकारीहरुको निशानामा परेको छ ।

    तर एनआरएनहरुले बुझ्नु पर्ने कुरा केहो भने ? आफ्नै देशमा रोजगारी नदिएर एनआरएन बनाउने पनि यिनै राजनीतिक नेताहरु ! तिनै एनआरएनहरुले आफ्नो पसिना बगाएर कमाएको धनपैसो लुट्न शक्ति सत्ता र पावरको दुरुपयोग गर्ने पनि यिनै नेताहरु हुन् ।

    यो देशको नेताको स्वाभिमान, स्वार्थ भन्दा माथि उठ्न नसकेपछि जिविकाउपार्जन गर्न देश छोडेको एउटा एनआरएन यो देशको नेताको उपयोगको भाँडो बनेको छ ? पैसा छाप्ने मेसिन सरह बनेको छ, त्यो पनि राष्ट्रका लागि होइन अमुख स्वार्थी मानिसका लागि ।

    त्यसकारण जब एनआरएनको विश्व मेला काठमान्डौमा लाग्न थाल्छ तव यो देशको नेता एनआरएन बस्ने होटेलको कोठा चाहार्न पुग्छ । यो कुरा अध्यक्ष पन्तले स्वयम् दर्शाएका छन् । यसकारण अबको आगामी निर्बाचन नेपालमा नगर्ने कुमार पन्तले उद्घोष गरेका छन् ।

    सम्भवतः यसले प्रत्यक्ष राजनीतिक हस्तक्षेपको बातावरणलाई केहिहद न्यूनीकरण गर्ने छ । समस्याको जड राजनीतिक र दलका नेताहरु नै हुन् । त्यसकारण पनि एनआरएनको छबी धुमिल भएको हो ।

    देश र नागरिकता छाड्न सक्ने एनआरएनले राजनीति त्याग्न सके यी सब समस्या सजिलै समाधान हुन्छन । तर यो असम्भव जस्तै छ ।

    kul.sargam@gmail.com

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    धेरै पढिएको