ट्रेन्डिङ

नेता पौडेलको हत्यापछि विप्लव नेकपाले निकाल्यो यस्तो विज्ञप्ति !

असर ०५, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले पार्टीका सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर गोलि हानि हत्यागरेको बताएको छ । पार्टीका जनकपुर ब्युरो इन्चार्ज अरुणले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै प्रहरीले नियन्त्रणमा लिइसकेपछि हात र टाउकोमा गोली प्रहार गरी हत्या गरेको दाबी गरेका छन् ।


अरुणको विज्ञप्तिमा लेखिएको छ, ‘केपी–पीके सामाजिक दलाल सरकारले हाम्रो पार्टीका सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कमरेड कुमार पौडेललाई आज (बिहीबार) दिउँसो करिब सवा एक बजे सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १ लखन्ती खोलामा साथीहरू कुरिरहेको अवस्थामा नियन्त्रणमा लिएर चिनिसकेपछि एक गोली हातमा र अर्को गोली टाउकोमा प्रहार गरी कायरतापूर्वक हत्या गरेको छ ।’

उनको हत्या भएपछी पार्टीले पौडेललाई सहिद घोषणा गरेको छ । ‘बागमती नगरपालिका वडा नं. २ धरहरा घर भएका कुमार पौडेललाई नेपाल कम्युनिस्ट पार्टी महान् सहिद घोषणा गर्दै उनिप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीले पौडेलको हत्यालाई गैरन्यायिक हत्या भन्दै भर्त्सना समेत गरेको छ । पौडेलको हत्यालाई सरकारको राज्यआतङ्क भएको जनाउदै इन्चार्ज अरुणले हत्याको बदला एकीकृत जनक्रान्तिकै माध्यमबाट लिने बिज्ञप्तिमा उल्लेख गरेका छन् ।

पौडेलको बलिदानले पार्टी र आन्दोलनलाई ठूलो क्षति पुगेको बताउदै शोकसन्तप्त परिवारजन र पार्टी पङ्क्तिप्रति इन्चार्ज अरुणले गहिरो समवेदना प्रकट गरेका छन् । सहिदहरूको बलिदान खेर जान नदिने साथै एकीकृत जनक्रान्ति सफल गरिछाड्ने प्रतिबद्धता समेत प्रकट गरेका छन् ।’

विज्ञप्ति:

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको