प्रदेश ५ को राजधानी नयाँ ठाउँमा हुन्छ, धेरै आशा नगर्नुहोस्: प्रचण्ड

मङ्सिर ३, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश ५ को राजधानी नयाँ ठाउँमा हुनु उपयुक्त देखिएकाले रुपन्देहीले धेरै आशा नगर्दा राम्रो हुने बताएका छन ।

लुम्बिनी पर्यटन प्रवर्दन, औद्योगिक व्यापार तथा कृषि महोत्सवको उद्घाटन गर्दै प्रचण्डले मंगलबार यस्तो बताएका हुन्।

उनले आफूले सबै क्षेत्रको धारणा सुने पनि जहाँ गयो त्यही राजधानी हुनुपर्छ भनेर कतै नभनेको पनि स्पष्ट पारे । ‘राजधानीका लागि सहयोग गर्ने कुरा छँदैछ । राजधानीबारेमा पक्कै पनि विभिन्न जिज्ञासा छन् । मानिसहरुबीचमा अनेक प्रश्न छन्’– उनले भने– ‘बाँके बर्दिया, नेपालगञ्जको एउटा भावाना छ, त्यहीसँग मिल्दोजुल्दो दाङमा अर्को भावना छ । रुपन्देही र लुम्बिनीमा अर्को भावना छ । राजधानी सबैलाई लाभ हुने गरी निर्धारित गर्नुपर्छ ।’

अध्यक्ष प्रचण्डले सबैलाई सबैभन्दा बढी सुविधा जहाँ हुन्छ, त्यहीँ राजधानी तोक्नुपर्ने उनको भनाई छ । ‘पूर्वाधार भएकै ठाउँमा राजधानी हुनुपर्छ भन्ने छैन । नयाँ सहर बनाएर पनि राजधानी बनाउन सकिन्छ’– उनले भने ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको