ट्रेन्डिङ

  • शनिलाई जिताउन यसरि जाग्यो रोल्पा [फोटो फिचर सहित]

    असोज ०२, रोल्पा । नेपाल लोक स्टारका लाइनलिष्ट प्रतियोगी शनि बिश्वकर्मा यतिबेला आफ्नो गृहजिल्लाको भ्रमणमा रहेका छन् । नेपालको पहिलो लोक स्टार बन्न भोटमाग्न भ्रमणमा रहेका हुन् । शुक्रबार देखि तय भएको उनको दुई दिने रोल्पाको यात्रामा बिभिन्न स्थानमा पुगेर भोट मागेका छन् ।

    भौगोलिक विकटता, कच्ची सडक बाटोलाई छिचोल्दै रोल्पाका पहाडी बजारहरुमा पुगेका छन् । शनि जिताउ अभियान मूल समितिको समन्वयमा रोल्पाका विभिन्न स्थानमा शनि बिश्वकर्मा पुगेका हुन् ।

    शुक्रबार बिहान रोल्पाको होल्लेरीमा कार्यक्रम सकाएर त्रिबेणी गाउपालिकाको जुँगारमा कार्यक्रम सम्पन्न भएको थियो । माडी गाउँपालिका अन्तर्गत मिनाइ र हान्निंङमा भोट माग्ने कार्यक्रम सम्पन्न गरेको थियो, भने साँझ घर्तीगाउँमा कार्यक्रम भएको थियो । प्रत्यक ठाउँमा शनिलाई अभिनन्दन समेत गरिएको छ ।

    शनिको शनिबारे कार्यक्रम

    शनिबार पनि विभिन्न स्थानमा कार्यक्रम गरेका छन् । आज बिहान जंकोट आफ्नो घरमा भेटघाट गरेका छन् । भेटघाटको क्रममा स्थानीयले उनलाई फूलमाला अबिरले भब्य स्वागत गरेका थिए । शनिलाई देखेर जंकोटबासी निकै उत्साहित देखिन्थे ।

    तस्बिर: घरमा पुगेका शनिलाई स्वागत गर्दै बाबा आमा 

    शनिले आमाबाबा संग आशिर्सबाद ग्रहण गर्दै सपरिवार संग छोटो भलाकुसारी गरेको शनिसंगै अभियानमा रहेका अन्तर्राष्ट्रिय रोल्पाली सेवासमाजका अध्यक्ष सन्दिप थापाले जानकारी दिए ।

    त्यसपछि रोल्पाको माडीचौरमा पुगेका शनिलाई भब्य स्वागत गरिएको थियो । उक्त कार्यक्रममा जनप्रतिनिधिहरु, राजनीतिक दल तथा स्थानीयहरु उपस्थिति रहेको थियो ।

    आजै रोल्पा नगरपालिकाको आयोजनामा लिबाङमा शनि बिश्वकर्मालाई स्वागत गर्नुका साथै उनका लागि भोट माग्ने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रदेश सभा सदस्य दीपेन्द्र पुन, नगर प्रमुख पूर्ण केसी, जिसस प्रमुख राजबहादुर बुढा, कर्मचारीहरु, जिससमा कार्यरत कर्मचारीहरु लगायत विभिन्न क्षेत्रका राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी क्षेत्रका व्यक्तिहरु, ब्यबसायीहरुको उपस्थितिरहेको थियो ।

    उपस्थित सबैले भोटिंगका लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत दिएका थिए । कार्यक्रमलाई नगर प्रेस संयोजक देवी गुरुङले सहजीकरण गरेकी थिइन् ।

    शनिले कार्यक्रममा आफ्नो प्रस्तुति पनि दिएका थिए ।

    लिबाङको कार्यक्रम सकाएर शनि सहितको अभियान टोली रोल्पाको अर्को व्यापारिक सेन्टर सुलिचौरमा आयोजित कार्यक्रममा पुगेका थिए । सुलिचौरमा निकै उत्साहजनक जनसहभागिता रहेको थियो । साँझ करिब ८ बजे सम्म कार्यक्रम भएको हो लगतै राति रोल्पाको खुँग्री जाने कार्यक्रम रहेको जनाइएको छ ।

    रोल्पाको लागि शनि जिताउ अभियानको समन्वयकारी भूमिका वडाध्यक्ष भरत बुढा मगरले गरेका थिए । उनि अभियान टिम संगै आइतबार हुने सल्यान श्रीनगरको कार्यक्रममा जाने बुढाले जानकारी दिए ।

    शनिले व्यक्त गरे खुसि

    जन्मभुमि रोल्पामा आफुले पाएको स्वागत सत्कार र सम्मानप्रति शनि विश्वकर्माले आभार व्यक्त गरेका छन् । उनले भनेका छन् ‘संगित प्रेमिलाई गरेको यो पबित्र माया प्रती आभारी छु।’

    अब सबै मिलेर आफ्नो कला, गला, भेषभुषा, संगित, सद्भावलाई जगेर्ना गर्नुपर्ने बताएका छन् । आफुलाई धेरै भन्दा धेरै भोट गरेर सहयोग गर्न आग्रह समेत गरेका छन् ।

    हेर्नुहोस रोल्पामा शनिका दृश्यहरु:

    सम्बन्धित सामाग्रीहरु पढ्नुहोस 

    शनि बिश्वकर्मा भोट माग्न कर्णाली प्रदेश जाँदै

    शनि गृहजिल्ला रोल्पा जाँदै, आमा-बाबालाई पनि भेट्ने !

    को हुन शनि बिश्वकर्मा ? जो पहिलो लोकस्टार बन्ने होडमा छन् !

    शनि भोट माग्न दाङ्ग पुगे !

     

    को बन्ला त्यो पहिलो भाग्यशाली लोकस्टार ?

    नेपाल लोक स्टारका प्रतियोगी सन्नी बिक भोट माग्दै दाङ्गमा

    युद्धले चिनिएको रोल्पालाई अब संगितले चिनाउनुछ: आउनुहोस शनि बिकलाई यसरि भोट गरौ

    शनी विकलाई भोट गर्न अन्तर्राष्ट्रिय रोल्पाली समाजको अपिल

    ‘रोल्पामा बमको धुँवा मात्र छैन, यहाँ संगीतको मिठो धुन पनि छ’ [भिडियो]

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    धेरै पढिएको