सुनको मूल्य घट्यो

मंसिर २, काठमाडौँ । आज सोमबार सुनको मूल्य घटेको छ ।

आइतबारको तुलनामा आज रु २०० ले घटेर प्रतितोला छापावाल सुनको मूल्य रु ७१ हजार ६०० पुगेको नेपाल सुनचाँदीको व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार ३ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । आइतबारको तुलनामा रु ५ ले घटेर प्रतितोला चादीको मूल्य रु ८ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको