ताजा अपडेट

प्रचण्ड किन पुगे अस्पताल ?

असोज ०१, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको उपचारका लागि अस्पताल पुगेका छन्।

प्रचण्ड दाँतको उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पतालमा पुगेका हुन्। बारम्बार दाँत दुख्न थालेपछि बुधबार दिउँसो प्रचण्ड अस्पतालमा पुगेको उनको निजी सचिवालयले जनाएको छ।

प्रचण्डको उपचारमा संलग्न चिकित्सकले दाँत निकाल्न सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको