पहिरोले स्याङ्‍जामा दुई घर भत्किए, ३ परिवार विस्थापित

असोज ०१ स्याङ्जा । यतिबेला देशभर मनसुन बर्षा भैरहेको छ । निरन्तर बर्षादकै कारण पहिरोले स्याङ्जामा दुई घर भत्किएका छन्। पहिरोले फेदीखोला गाउँपालिका ४ का जैसीडाँडा निवासी गोपाल दमाई र श्याम दमाईको घर गोठ भत्किएको हो।

गोठमा रहेको एउटा भैसी मरेको छ।घर भत्किँदा दमाई परिवार विस्थापित भएका हुन्।

यस्तै घर नजिकै पहिरो जाँदा मीनबहादुर क्षेत्री विस्थापित भएका छन्।पहिरो प्रभावित परिवारलाई गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले त्रिपाललगायतका केही राहत सामग्री उपलब्ध गराएको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको