सल्यानमा एक व्यक्तिको शव भेटियो, घटना रहस्यमयी

शंकर केसी/बैशाख ५, सल्यान । सल्यानमा एक व्यक्तिको हत्या भएको छ ।

जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ६ खोलिगाउँ निवासि फौज बहादुर भण्डारीको बुधबार राती हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

कपुरकोट ५ रीम स्थीत तिनडाँडा भन्ने स्थानमा अन्दाजी ४३ वर्षिय फौज बहादुरको टाउकोमा गहिरो चोट लागेको अवस्थामा मृत फेला परेको प्रहरी चौकी कपुरकोटका इन्चार्ज सई सुरेन्द्र बुढाथोकीले जानकारि दिएका छन् ।

उनका अनुसार गएराती ११ बजेतीर स्थानियले शव देखेपछि प्रहरीलाइ खबर गरेका थिए । घटना गएराती ९ बजेतीर भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

धारिलो हतियारले टाउकोमा प्रहार गरि फौज बहादुरको हत्या गरिएको छ । आफन्तीहरु दाङ बस्ने भएकाले घटनास्थल सम्म आइनसकेको कारण यो समाचार तयार पार्दा सम्म शव नउठाइएको सई बुढाथोकीले जनाए । फौज बहादुर प्राय भारतमा बस्ने गर्दथे ।

घटनास्थलमा इप्रका लुहामका इनस्पेक्टर नर बहादुर खड्का सहितको प्रहरी टोलि खटिएको छ । घटनाबारे अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको