ट्रेन्डिङ

रोल्पाकी दिलकुमारीको पत्र: ‘अब मलाई चाहेर नि खोज्ने कोशिस नगर्नु’

पौष ०२, रोल्पा । रोल्पा नगरपालिका २ मूलपानी निवासी २२ बर्षिया दिलकुमारी डाँगी गत बिहिबारदेखि सम्पर्क विहिन भएकी छन् । ५ बर्षिया छोरा छोडेर हराएकी दिलकुमारीबारे कुनै जानकारी नभएको परिवारले बताएको छ ।

गत बिहिवार नौ बजे तिर छोरालाई स्कूल छोडन भनी गएकी डाँगी घर नफर्किएको उहाँका श्रीमान बखत डाँगीले जानकारी दिए । श्रीमानलाई फोनगरि आफू रेउघा हस्पिटल गएकोले घर आउन ढिला हुने भन्दै छोरालाई स्कुलबाट ल्याउन भनेको श्रीमान बखतको भनाई छ ।

रेउघाबाट घर फर्किन ढिला गरेपछी श्रीमान बखतले फोन गरे तर दिलकुमारीले फोन उठाइनन् । फोन नउठाएपछि बखत रेउघा हस्पिटल पुगेर खोजेपनि दिलकुमारी भेटिनन् ।

श्रीमान बखत भन्छन, ‘मैले पटकपटक फोन गरे तर दिलकुमारीले फोन उठाईनन् । बरु एकछिन पछी म्यासेज पठाइन,‘ अटैचीको छेउमा कापी छ, कापी भित्र हेर्नु है बाई बाई ।’

श्रीमान बखत भित्र गएर कापी पल्टाए, त्यहाँ दिलकुमारीले पत्र यसरि कोरेर छोडेकी थिइन् ।

दिल कुमारीले लेखेको पत्र जस्ताको तस्तै-

म यति टाढा गईसकेको छु, अब मलाई चाहेर नि खोज्ने कोशिस नगर्नु, किनकी सुख दुखमा त साथ दिन सकिन भने खोजेर के फाइदा अब सम्झिनु कि मरि भनेर, मेरो मन मान्दैन सँगै बस्नलाई सायद भाग्यमा यस्तै होला सँगै जिबन बिताउन नलेखेको होला, मलाइ माफ गरिदिनु होला ।

म सबैको बोझ भएर बाच्ँनु छैन । खै के गरम, न त माईतिको साथ, न त घरको अब त म बाँचेर काम नि छैन, सधैँभरी रमाउनु हास्ँनु बाबुको राम्रो ख्याल गर्नु, बाबुलाई मम्मी खै भनेर सोध्छ भने बाबु तेरो मम्मी पैसा कमाउन गएको छ भन्दिनु, म सधैभरी साथ दिन्छु भनेको थिए तर सकिन । मेरो रोगि बाबुको पाप सबै मलाई लागोस हजुर सधै खुशि हुनु हजुर खुशि बाबु नि खुशि हुने छ ।

मलाई कहिले नसम्झिनु पापि मान्छेलाई सम्झेर काम छैन, मैले आज हजुरको मान राख्न सकिन, मलाई माफ गरिदिनु मेरो माइतिलाई दोष नलगाउनु, किनकि दोष मेरो हो, माइतिको होइन, अब त म खुशि हुने भैसकेको छु चाहेर नि नखोज्नु । खोजे पछि त झन म यो संसारबाट सधैका लागि बिदा हुने छु ।

बाइबाइ अभागि म,
उहि सुख दुखमा साथ दिन नसकेको पापि मान्छे म’

श्रीमती खोजिदिन प्रहरीलाई निबेदन

श्रीमान बखत डाँगीले हराएकी श्रीमतीलाई खोजिदिन भन्दै आइतबार बिहान जिल्ला प्रहरी कार्यलय रोल्पामा निबेदन दिएका छन् । प्रहरी कार्यलयले श्रीमती खोजिदिने आश्वासन दिएको उनले बताए ।

कुनै कारणले लोग्ने स्वास्नी संगै बस्नै नसक्ने भए अदालतको प्रक्रिया पुरागरी आफूखुसी बस्न पाउने ब्यबस्था भएकोले दिलकुमारीलाई खोजीगरी समस्याको समाधान गरिदिने प्रहरी कार्यलय रोल्पाले आश्वासन दिएको बखतले बताएका छन् ।

आफ्नो श्रीमतीलाई खोजि गरिदिन उनले आग्रह समेत गरेका छन् । श्रीमान बखतका अनुसार श्रीमती दिलकुमारी भालुवाङ सम्म पुगेको उनका आफन्तले समेत देखेको सुनाएका थिए । ‘अहिले पनि दिलकुमारीको फोन लागिरहेको छ’ तर फोन उठ्दैन श्रीमानले पोष्टपाटी संग भने ।

श्रीमान् बखतले भने,‘केहि समय अघि पारिवारिक खटपट भएको थियो तर आपसी समझदारीमा समस्या हल भएको हो । हामी बीच आपसी मिलापत्र पनि भएको थियो र अहिले केहि समस्या थिएन।’

उनको भनाई थियो, ‘म लिवाङमा इलेक्ट्रीसियनको काम गर्छु । दिलकुमारीले पनि म केहि ब्यबसाय गर्छु भनिन र उनले पनि कुकुरा र बंगुर पालन गर्ने घरसल्लाह भयो । माइतबाट सासूआमा समेत मेरो घरमा आउनु भएको छ । कुखुरा र बंगुरको खोर बनाउन सासुआमाले पनि सघाईरहनु भएको छ । खोर आधा बनेको छ । बिहिबार पनि खोर बनाउदै थियौं ।’

फोटो सौजन्यः बखत डाँगी (दिलकुमारीका श्रीमान्)

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको