ट्रेन्डिङ

  • प्रदेश ५ को नाम र राजधानीबारे यसो भन्छन कानुन मन्त्री केसी

    असोज ३०, दाङ । प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले यसै बर्ष प्रदेशको नाम र राजधानी टुंगो लगाउने बताए ।

    नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) दाङले बिहीबार घोराहीमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उनले यस्तो बताए ।

    उनले प्रदेश नं. ५ का सबै जनतालाई सम्बोधन हुने गरि प्रदेशको राजधानी र नाम तोक्ने बताए ।‘हामीले प्रदेश भित्रका प्रत्येक मान्छे सहभागि भएर स्वागत गर्ने वातावरण तयार हुने गरि नाम र राजधानी तोक्ने तयारी गरेका छौं’ उनले भने‘ यस बर्ष भित्रै तोक्ने गरि कसरत अघि बढाएका छौं ।’

    साथै उनले प्रदेश नं. ५ मा तीन वटा महानगरपालिका बनाउने गरि प्रदेश सरकार लागेको समेत उनले बताए । दाङको तुलसीपुर र घोराही मिलाएर एउटा महानगरपालिका, कोहलपुर र नेपालगंज मिलाएर एउटा र बुटवल एउटागरि तीन वटा उपमहानगरपालिका बनाउने गरि पञ्चबर्षीय योजना बनाएर अघि बढ्ने तयारी गरेको बताए ।

    मन्त्री केसीले प्रदेश नं. ५ लाई पर्यटकीय हिसाबले पनि अघि बढाउने गरि प्रदेश सरकार अघि बढेको बताए । उनले लुम्बिनी, स्वर्णद्वारीलगायत तीन स्थान प्रदेशकै उत्कृष्ठ पर्यटकीय गन्तब्य रहेको समेत उनको भनाई थियो ।

    साथै उनले प्रदेश नं. ५ को लुम्बिनी प्रादेशिक अस्पताललाई स्तरबृद्धि गर्नकालागि २७ करोड बजेट बिनियोजन गरिएको बताए । साथै उनले तुलसीपुरको प्रादेशिक अस्पतालको बिकासकालागि समेत प्रदेश सरकारले योजना बनाएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    धेरै पढिएको