ट्रेन्डिङ

  • शनि गृहजिल्ला रोल्पा जाँदै, आमा-बाबालाई पनि भेट्ने !

    असोज ३०, रोल्पा । नेपाल लोकस्टार रियालिटी शोको फाइनलमा पुगेका शनि बिश्वकर्मा भोलि (शुक्रबार) गृहजिल्ला रोल्पा जाने भएका छन् । शनि जिताउ अभियान मुलसमितिको आयोजनामा शनि रोल्पा जाने भएका हुन् ।

    जनप्रतिनिधि तथा वडाध्यक्ष भरत बसन्त बुढाको समन्वयमा शुक्रबार रोल्पाको होल्लेरीमा बिहान ८ देखि ९ बजेसम्म कार्यक्रम हुनेछ, लगतै घर्तीगाउँमा ११ देखि १२ बजेसम्म कार्यक्रम हुनेछ, त्यसपछि परिवर्तन गाउँपालिका पुत्ला खोलामा ८ देखि ९ बजेसम्म कार्यक्रम हुने आयोजक समितिले जनाएको छ।

    शनिबार बिहान शनिका बाबा आमा तथा स्थानीयवासीहरु संग भेटघाट कार्यक्रम रहेको छ । दिनको १२ बजे रोल्पा नगरपालिकाको लिवाङमा कार्यक्रम गर्ने तय भएको मुलसमिति संयोजक नबिन खड्काले बताए । दिउसो रोल्पाको सुलिचौर पुग्ने कार्यक्रम रहेको छ ।

    नेपालको पहिलो लोकस्टार बनाउन शनिलाई भोटको खाँचो रहेको जनाउदै भोट माग्न रोल्पा जान लागेको शनिसंगै अभियानमा रहेका अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका अध्यक्ष सन्दिप थापाले बताए ।

    शनिलाई जिताउन रोल्पामा रहेका विभिन्न संघ संस्थाहरु संयुक रुपमा जुटेका छन् । यसैक्रममा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज, रोल्पाली कलाकार समाज, अठार मगरात, लगायत अन्य संस्था तथा अभियन्ताहरु अहोरात्र जुटिरहेका छन्  । शनि जिताउ मूल समितिको नेतृत्व कलाकार नबिन खड्काले गरेका छन्।

    यसअघि बुधबार दाङमा शनि जिताउ अभियान मुलसमिति शाखा दाङको आयोजनामा अन्तरराष्ट्रिय रोल्पाली सेवा समाज, रोल्पा समाज दाङ, कोर्चाबाङ समाज र विभिन्न सामाजिक अभियन्ताहरुको समन्वयमा कार्यक्रम सम्पन्न भएको थियो । मुलसमिति शाखा दाङको संयोजक शेरबहादुर डाँगी हुन्, उनीपनि शनिसंगै अभियानमा छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    धेरै पढिएको