रवि लामिछानेको मुद्दामा उच्च अदालत हेटौंडाले दियो यस्तो आदेश

असोज ३०, काठमाडौँ । टिभी प्रस्तोता रवि लामिछानेविरुद्ध जिल्ला अदालत चितवनले गरेको आदेश यथावत राख्न उच्च अदालत हेटौंडाले आदेश दिएको छ ।

यस्तै सञ्चारकर्मी युवराज कँडेलविरुद्धको हकमा पनि उच्च अदालत हेटौंडाले जिल्ला अदालतले गरेको आदेशउपर धरौटी कायम गर्न आदेश दिएको छ ।

यस्तै अस्मिता कार्की रुकुको हकमा साधारण तारेखमा रिहा गरेको फैसला सदर गर्न उच्च अदालत हेटौंडाको आदेश छ ।

यस्तै उच्च अदालत पाटनको हेटौंडा इजलासले लामिछानेलाई विदेश जान स्वीकृति लिनुपर्ने आदेश बदर गरिदिएको छ।

न्यायाधीश चण्डिराज ढकाल र महेन्द्रनाथ उपाध्यायको संयूक्त इजलासले यस्तो निर्णय गरेको हो । पत्रकार शा’लिकराम पुडा’सैनीको आ’त्मह’त्या दूरु’त्साहन अभियोगमा उनलाई भदौ ९ गते चितवन जिल्ला अदालतले मुद्दाको टुंगो नलाग्दासम्म विदेश जान नपाउने निर्णय सुनाएको थियो ।

मुद्दाको टुंगो नलागेसम्म पु’डासैनीको आ’त्मह’त्या विषयलाई लिएर अनुसन्धानमा संलग्न प्रहरी, अभियोजनकर्ता सरकारी वकिल, पिडित परिवार, मुद्दाका सम्बद्ध साक्षी, मौकामा बुझिएका अन्य व्यक्तिहरू प्रमाणको वैज्ञानिक परीक्षणमा संलग्न विशेषज्ञ, चिकित्सक, अदालत, र समग्र न्यायिक प्रकृयाको बारेमा सार्वजनिकरूपमा लामिछानेले विचार व्यक्त गर्न नपाउने निर्णयलाई भने उच्च अदालतले यथावत राखेको छ ।

पत्रकार पुडा’सैनी साउन २१ गते चितवनको कंगारू होटलमा झु’ण्डिएको अवस्थामा फेला परेका थिए । पुडा’सैनीको साथबाट प्राप्त आ’त्मह’त्याअघि खिचिएको भिडियोमा उनले लामिछानेसहित तीन जनाका कारण आफू मर्नुपरेको बताएका थिए ।

सोहि भिडियोको आधारमा आ’त्मह’त्या दु’रुत्सान गरेको अभियोगमा तीनै जना केही महिनाअघि काठमाडौं उपत्यकाबाट पक्राउ परेका थिए । पक्राउ परेका लामिछाने ५ लाख धरौटी, कँडेल ३ लाख र कार्की साधारण तारेखमा रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको