चाेरीगर्ने ५ जना महाराजगन्ज प्रहरीकाे फन्दामा !

राेसन दानी/असाेज ३०, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका एकता बस्तीमा चाेरी तथा लुटपाट गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

महानगरीय प्रहरी बृत्त महाराजगन्जले २०७६-६-१५ काठमाडौ बुढानिलकण्ठ ९ एकता बस्ति स्थित सन्तोष रिमालले संचालन गरेको दुप्चेशर मोबाइल टि भि मर्मत तथा बिक्री केन्द्रको रातको समयमा सटर फोरेर चाेरी तथा डकैती गर्ने पाँच जनलाई पक्राउ गरेकाे हाे ।

महानगरीय प्रहरी बृत्त महाराजगन्जका प्रमुख डिएसपी उमेश लम्सालले चाेरी तथा डकैटी गर्ने जिल्ला ताप्लेजुङ फुङलिङदोख घर भइ  काठमाडौं कपन बस्ने बर्ष २० को योगेन्द्र मगर, उदयपुर रौतामाइ गा पा ५ घर भइ ललितपुर चोभार बस्ने बर्ष १६ को योजिस राई, सिन्धुपाल्चोक त्रिपुरासुन्दरि गा पा घर भइ जिल्ला कपन बस्ने बर्ष १६ को अमृत गुरुङ जिल्ला रामेछाप चिलाउने घर भइ कपन बस्ने बर्ष १५ को बिशाल तामाङ र जिल्ला काभ्रेपलान्चोक मुमिडाडा गा पा १ घर भइ कपन बस्ने बर्ष १५ को बिश्राम तामाङ लाई पक्राउ गरिएको बताए ।

डिएसपी लम्सालका अनुसार उनिहरूकाे साथवाट चोरिएको १० थान बिभिन्न ब्राण्ड का मोबाइल, तिनमा प्रयोग भएको सिम ३ थान र डिजिटल घडि सहित पक्राउ गरिएको छ।

प्रहरीले अन्नत पनि चाेरी गरेकाे हुन सक्ने भन्दै थप अनुसन्धान गरिएकाे जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको