शनि भोट माग्न दाङ्ग पुगे !

असोज २९, दाङ । आइएमई नेपाल लोक स्टारको पहिलो सिजनको फाइनलमा पुगेका रोल्पाका शनि विश्वकर्माले बुधबार दाङ्ग पुगेर भोट मागेका थिए । शनि बिश्वकर्मा जिताउ मुलसमिति दाङ्ग साखाको आयोजनामा दाङ्गको घोराही र तुलसीपुरमा कार्यक्रम सम्पन्न भएको थियो।

नेपाल पत्रकार महासंघ दाङको सभाहलमा बुधबार कार्यक्रम सम्पन्न गरेको हो । साथै शनिलाई भोट गर्न घरदैलो कार्यक्रम तथा र्याली समेत गरेको छ।

अभियान संयोजक शेर बहादुर डाँगी (अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रिय सदस्य)को सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथीमा सहायक प्रमुख जिल्ला अधिकारी गंजबहादुर एमसी रहेका थिए । त्यसैगरी अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका अध्यक्ष सन्दिप थापा, महासचिव लेख प्रसाद रोका, रोल्पाली कलाकार समाज लगायतका प्रतिनिधिहरु उपस्थित रहेका थिए ।

कार्यक्रममा बोल्दै गायक शनि विश्वकर्माले नेपाली लोक गीतको क्षेत्रमा आयोजना गरिएको यो रियालिटि शोमा आफु फाईनलमा प्रबेश गर्नु महत्वपुर्ण रहेको बताए । अब लोक स्टार बन्नका लागि धेरै भन्दा धेरै समर्थकहरुको साथ र भोटको आवस्यकता रहेको बताउदै शनिले आफुलाई भोट गर्न आग्रह गरेका थिए । दाङको तुलसीपुर लगायतका क्षेत्रहरुमा शनि बिश्वकर्मा जिताउ अभियान चलाइएको छ ।

भोट माग्न दाङ्ग पुगेका शनिलाई दाङ्ग बासीले न्यानो स्वागत गरेका थिए । उनको स्वागतका लागि बाक्लो उपस्थिति रहेको थियो ।

शनि विश्वकर्मालाई पहिलो लोक स्टार बनाउनका लागि कुनै कसर बाँकी नराखेर सहयोग गर्ने कार्यक्रमका संयोजक शेरबहादुर डाँगीले बताए । दुर्गम रोल्पाको युवा नेपालकै लोक स्टार बनाउनका लागि सहयोग गर्न डाँगीले सबैलाई अनुरोध समेत गरेका थिए ।

अब केहि दिनमै शनि आफ्नो गृहजिल्ला रोल्पा पुगेर भोट माग्ने कार्यक्रमको समेत तय भएको अन्तराष्ट्रिय रोल्पाली सेवा समाजका अध्यक्ष सन्दिप थापाले बताए । कार्यक्रमका लागि समन्वय भैरहेको र छिट्टै रोल्पा पुग्ने थापाले बताए ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको