ताजा अपडेट

१ लाख ८१ हजारकाे पचालझरना कप संचालन हुने !

असाेज २९, कालिकाेट । कालिकाेट जिल्लाकाे पचालझरना गाउपालिकाले गाँउपालिका खेलकुद विकास समितिकाे आयाेजना रहने गरि प्रथम पचालझरना अध्यक्ष कप अन्तरगत खुला पुरुष र जिल्ला भित्र पालिका स्थरिय महिला भलिबल खेल संचालन गर्ने भएकाे छ । रु १ लाख ८१ हजार ८ सय १८ र कप र मेडल सहितकाे कप संचालनमा हुने गाउपालिका अध्यक्ष खड्गराज सेजुवालले जानकारी दिए ।

दशै तथा शुभ दिपावलिकाे अवसर पारेर गाउपालिकाकाे केन्द्र जारकाेटमा संचालन हुने अध्यक्ष कप कार्तिक ४ गते देखि ८ गते सम्म संचालन हुने छ । भने कार्तिक ३ गते ५ बजे सम्म दर्ताकाे समय रहेकाे आयाेजकले जनाएकाे छ ।

अध्यक्ष कपमा खुला भलिवल पुरुष तर्फ रु १ लाख ८१ हजार ८ सय १८, कप र मेडल रहने छ । त्यसै गरि दितिय १ लाख ११ हजार १ सय ११ र तृतियलाइ ५५ हजार ५ सय ५५ रुपैया रहेकाे छ ।

त्यसै गरि गाउपालिकाले रु १ लाख ११ हजार १ सय ११ रासी भएकाे कालिकाेट जिल्ला भित्र रहेका पालिका स्थरिय महिला भलिवलकाे पनि आयाेजना गरेकाे छ । दितिय ५५ हजार ५ सय ५५ रुपैया र तृतिय २५ हजार २ सय ५२ रुपैया रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको