ताजा अपडेट

मेरो सरकार ! मान्छे बन्न किन सिकाएन ?

शंकर लामिछाने । हामी पशु जगतबाट नै आएका हौ । तर अब मानव भइसकेपछि फेरि पशुतिर फर्कनु कस्तो चरीत्र हो ? देशको सर्बोच्च निकायको ब्यक्तिहरुबाट आफ्नो छोरा समानको कार्यकर्तालाई आह्वान गरिन्छ, सरकार र पार्टीको बिरुद्ध बोल्ने र लेख्ने बिरुद्ध अरिङ्गाल बनेर खनिनु ‘अरिंगाल, बघेनी, सिंह, डमरू, चील, छौडा नामका परजीवीहरु’ बन्नु । बुबा समानको राष्ट्रअध्यक्ष ज्यु बगिनी रुप धारण गरेर आफ्नो डम्बरुको रक्षा गर्न तल्लीन छ्न ।

अब निरंतरतामा कीराबाट पशुमा बल्ल उक्लदैछौ । कुनै दिन भन्न सक्छन् भयो अब काग बन्नु काग’ ए हैन हैन “गिद्द बन गिद्द” यहि हो त समाजवादी यात्रा ? हाम्रो सरकारले कता डोर्याउदै छ र हामी कता जादैछौ ?

आज बिल्कुल नयाँ परिवेशमा फेरि पटक-पटक राजतन्त्रको चलखेल गर्न सक्ने वातावरण किन बनिरहेछ? किन अत्तालिएका छन गणतन्त्रवादीहरु ? मुख्य सरोकारको विषयचाहिँ यही हो, गणतन्त्रलाई हाँक्ने शासकहरू जनमुखी हुनुको सट्टा आफूमुखी हुनु र समावेशी नारा दिएर फेरि विभेदकारी शासन अवलम्बन गर्नु नै यसको मुख्य कारण हो ।

शासनसत्ता सर्वस्व तिमिहरुकै हातमा छ, कसरी उल्टिन्छ परिस्थिति ? यो विचलित मानसिकता र हतास सोचले कति गिजोलिन्छौ हो महोदय ?के गर्नेलाइ भन्दा देख्नेलाइ लाज भने जस्तो भएन र ?

बोले अनुसार गरेको भए यस्तो सुन्न पक्कै पर्ने पक्कै थिएन । राजतन्त्र हटाएपछिको यो समय देशलाई स्विजरल्यान्ड बनाउछु भनेको देशको हालत लिबिया अनि सिरिया जस्तो हुन लागि सक्यो, कहिले आउँछ मानवको महामानव बन्ने अनि बन्न प्रेरणाको सोच ? कहिले सम्म रहने पशुजगतमा ?

यस्तो प्रवृत्तिले हामी जनतामा कहिल्यै समृद्धि आउदैन किन कि हामीले छानेका नेतृत्व नै आ-आफ्नो स्वार्थ लागि देशको संविधान बिपरित सम्झौतामा चल्ने नेता पनि उहीँ ब्यापारी ब्यापारी पनि उहीँ,भएपछि यिनिहरुबाट जनताले कहिले सम्म आश गर्ने?

नेपाली धरातलबाट कम्युनिष्ट पार्टीको नाममा माक्र्सवादी सिद्दान्तलाई धरापमा पारेर बिलाशी समृद्धको जिवन यापन गर्ने कम्युनिष्टहरुको बिचार शीघ्र पतनको मार्गमा अवतरण हुदैछ । जब न्यायपालिका बिर्सिएर राज्यसत्ता चलाउन गुन्डा सन्चालन गर्छ भने त्यो देशको नागरिकले तिनिहरुको विरुद्ध स्वतन्त्र आवज बुलन्द गर्न पाइन्छ कि नाई ? यो अधिकारलाई किन कुन्ठित गर्न खोजिदैछ ? यहि हो त मानवीय व्यबहार ?

देश भ्रष्टाचारले चुर्लुम डुब्न् लागि सक्यो, ठूलठूला भ्रष्टाचारको त कुरै छाडौं, गरिबी निवारण कोषको अनियमितता तथा वृद्धाश्रममा भएका भ्रष्टाचारमा संलग्न भ्रष्टाचारी को हुन्, त्यसबारे प्रधानमन्त्री अनभिज्ञ छैनन् । बुढीगण्डकी आयोजना घोटाला काण्ड एनसेल काण्ड र ताजा वाइडबडि काण्डमा पनि प्रधानमन्त्री पक्कै अनभिज्ञ हुनुहुन्न, तर दण्डहीनता र उन्मुक्तिले गाँजेको मुलुकमा भ्रष्टाचार नै सदाचार भएको छ । अनि भ्रष्टाचारको बिरुद्ध बुलन्द आवज निस्किन्छ अनि वाणी आउँछ सरकारको विरुद्ध बोल्नलाई अरिङ्गाल भनेर खनिनु ।

बहुमतको सरकारमाथि प्रतिपक्ष, मिडिया, नागरिक समाज र सरोकार समूहबाट भइरहेको चौतर्फी आलोचना पछाडि कुनै ‘डिजाइनमा भएको छ भन्नु लजास्अपद बिषय हो। ‘घटनामा परिणाम भन्दा कारण महत्त्वपूर्ण हुन्छ’ मुलतः यस्ता परिणाम आउनुमा प्रधानमन्त्रीको मनोभावना र कार्यशैलीकै ठूलो हात त छैन ?

भाषणमा टाउको र कुम हल्लाउने परिवर्तन खोजेको हैन यो मुलुकले । गरिवीबाट मुक्ति खोजेको हो, अन्यामा परेकोले न्याय पाउने वाताबरण खोजेको हो । हत्यारालाई सजाय दिनुपर्छ, अपराधिलाई न्यायको कठघरामा उभ्याउनु पर्छ भनेको हो मुलुकले । बिहान उठदा एउटा कुरो बेलुका अर्को कुरो बोलेर जग हसाउने नेता हैन वास्तबमा स्पष्ट भिजन सहितको अभिभावक खोजेको हो मुलुकले । आफै धामी आफै बोक्सी खोजेको हैन मुलुकले!

अन्त्यमा, बन्ने नै भए “अल्बेर्ट इनिस्टेइन इन्स्टाइन (Albert Einstein) र स्टेफेन हव्कींग (Stephen hawking)” जस्तो बन्न प्रेरणा दिन किन सकिन्न ? लोकतान्त्रिक अधिकार सम्पन्न नागरिक आवाजलाई सरकारी भान्सामा नाचिरहेको केही जत्थाहरुले भेंडा र अन्धभक्त, प्रतिक्रियावादी समुह देखिरहेका छन। अरुलाई प्रतिक्रियावादी र षड्यन्त्रकारी देख्ने कस्तो विवेकहिन आँखा ? अरुलाई प्रतिक्रियावादी देख्ने आफ्नो आँखा सत्ता, पहुँच र सुविधा अनि अपारदर्शी व्यबहार र जबाफहिन शैलीले टालिएको छ। स्पष्ट दुरदृष्टि कहिले देख्न पाइएला ?

कुनै समय राणाले प्रतिक्रियावादी देख्थे रे नागरिकलाईकुनै समय पंचहरूले र अहिले दलअनि दलालहरूले । यतीबेला मलाई जबर्दस्त प्रतिक्रियावादी बन्न र यस्तै यस्तै लेखिरहन मन लागिरहेछ।

[email protected]

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको