कात्तिक २९, झापा । दार्चुलाको लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूमिलाई भारतले आफ्नो देशको नक्सामा समेटेर नक्सा बनाएपछि त्यसको विरोधमा झापाको दमकमा शुक्रबार विरोध प्रर्दर्शन भएको छ ।
विप्लव नेकपा निकट अखिल(क्रान्तिकारी)मेची- कोशी क्षेत्रीय समन्वय समितिको आयोजनामा उक्त विरोध प्रदर्शन कार्यक्रम भएको हो। विरोध कार्यक्रममा समाजवादी बिद्यार्थी युनियन लगाएत तीन ओटा बिद्यार्थी संगठनले ऐक्यबद्धता जनाएका थिए।
भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्रलाई समेत भारतीय भूभागकै रुपमा आफ्नो नक्शामा समावेश गरेपछि अखिल( क्रान्तिकारी) कडा विरोधमा उत्रिएको हो।
करिव २५०० जना बिद्यार्थी सहभागिता रहेको विरोध कार्यक्रममा उनीहरुले भारतीय विस्तारवाद मूर्दावाद, लिपुलेक कालापानी हाम्रो हो, भन्दै नाराबाजीसमेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस