ताजा अपडेट

झापाली समाज युएईले गर्यो अक्ष्यकोषको घोषणा

असोज २८, युएई । विदेशमा बसेपनि स्वदेशमा रहेका असायलाई शैक्षिक क्षेत्रमा सहयोग गर्ने उद्धेश्यले झापाली समाज युएईले लाखौं रुपैंयाको अक्षयकोष स्थापना गरेको छ ।

झापाली समाज युएईले असहाय बालबालिकाहरुको शिक्षाको क्षेत्रमा सहयोग गर्ने उद्धेश्यले झापामा १२ लाखभन्दा बढी रुपैयाँको अक्षयकोष स्थापना गरेको हो । झापाली समाज युएईको नयाँ सोच, असहाय बालबालिकाहरुको शिक्षाका लागि अक्षयकोष भन्ने नाराका साथ रोजगारीका लागि युएईमा रहेका झापालीहरुले प्रवासमा कमाएको रकमको केही अंश समाजसेवामा खर्च गर्ने उद्धेश्यले १२ लाख ५८ हजार ५ सय ५२ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।

झापाको कनकाई क्याम्पस सुरुङ्गामा मंगलबार आयोजित कार्यक्रमका बीच उक्त अक्षयकोषको घोषणा गरिएको हो । नेपालमा भनेअनुसारको रोजगार नपाएपछि वैदेशिक रोजगारका लागि जान वाध्य भएपनि प्रवासमा रहेर कमाएको रकमको केही अंश असहाय बालबालिकाहरुको शिक्षाका लागि खर्च गर्न अक्षयकोष स्थापना गरेको झापाली समाज युएईका अध्यक्ष अशोक चापागाईंले बताए ।

झापाली समाज युएईको स्थापनाकाल देखि नै पारस लामा ,दूर्गेश सापकोटा , झापाली समाज युएईका परिकल्पनाकार रामप्रसाद ढुङ्गेललगायतको टिमले असहाय बालबालिकाहरुको शिक्षाका लागि अक्षयकोष स्थापना गर्न सांस्कृतिक कार्यक्रमको आयोजना गरी त्यसबाट रकम संकलन शुरु गरेको र त्यो हाल आएर पूरा भएको उनले बताए । उनका अनुसार पहिलो प्राथमिकता भूमिहिन भएका झापाली समाज युएईका आजिवन सदस्यका छोराछोरीहरुलाई र त्यसपछि टुहुरा तथा असहाय बालबालिकाहरुलाई र भूमिहिन भएका एकल महिलाका छोराछोरीहरुलाई सहयोग गरिने छ । कार्यक्रममा असहाय बालिकाहरु अर्जुनधारा ९ कि झर्ना शाक्य र कनकाई २ कि जानुका पराजुलीलाई शैक्षिक सामाग्री प्रदान गरेर अक्षयकोषको शुरुवात गरिएको थियो ।

कार्यक्रम संयोजक तथा झापाली समाज युएई नेपाल सम्पर्क समितिका अध्यक्ष जगत लुईटेलको अध्यक्षता तथा कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झापाली समाज युएईका संस्थापक उपाध्यक्ष राजेन्द्र दाहालले स्वागत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पोखरेलले झापाली समाज युएईले गरेको कार्यको प्रसंसा गर्दै २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।

कार्यक्रममा झापाली समाज युएईका अध्यक्ष अशोक चापागाईं , निवर्तमान अध्यक्ष रोहितकुमार भण्डारी , संस्थापक उपाध्यक्ष मोहन शिवाकोटी, अन्तर्राष्ट्रिय झापाली समाजका वरिष्ठ उपाध्यक्ष दिपक खनाल, एक्सेल डेभ्लपमेन्ट बैंकका सिइयो दिनेश पोखरेल, सनराइज वैंकका श्याम गुरुङ , चर्तुभूज काफ्ले , लगायतले शुभकामना मन्तव्य राखेका थिए । सोही कार्यक्रममा अक्षयकोष स्थापना गर्न सहयोग गर्ने १४३ भन्दा बढी दाताहरुलाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा सुमन भट्टराईको संयोजकत्वमा अक्षयकोष सञ्चालन समिति गठन गरिएको थियो ।

समितिको सचिवमा सुनिल चौहान रहेका छन् भने सदस्यहरुमा प्रेम तामाङ, इन्द्र भण्डारी , प्रदिपकुमार संग्रौला, रुकमान थापामगर, हरी खनाल, लक्क्षुमण काफ्ले रहेका छन् । समितिको एक महिला सदस्य पछि थप गर्ने बताइएको छ । त्यस्तै सल्लाहकारहरुमा रोहितकुमार भण्डारी , मणि सुवेदी र भरत शिवाकोटी रहेका छन् । कार्यक्रमको सञ्चालन आयोजक समितिका सचिव भरत शिवाकोटीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको