शैक्षिक अभियानलाई साथदिन तेस्रो पटक एनआरएनको हेलिकप्टर रोल्पामा [फोटोसहित]

असोज २८, रोल्पा । रोल्पाको गंगादेव गाउपालिकामा रहेको सिद्धार्थ नमुना माध्यामिक बिद्यालय घोप्टेओढारमा गैर आवासिय नेपाली संघ अमेरिकाले अक्षयकोषका लागि नगत रकम हस्तान्तरण गरेको छ । उक्त विद्यालयमा अध्यनरत द्वन्द्वपिडित तथा टुहुरा, अनाथ, असाहय र जेहेन्दार बालबालिका लागि निर्मित अक्षयकोषमा सहयोग गरेको हो ।

अक्षयकोष रकम हस्तान्तरण गर्न एनआरएनए अमेरिकाका उपाध्यक्ष कृष्णजीबी पन्त, एनआरएनए अमेरिकाका अभियन्ता हेमराज भट्ट र भरत थापा हेलिकप्टर मार्फत विद्यालयमा उपस्थित भएका थिए ।

कार्यक्रमको प्रमुख अतिथिमा उपाध्यक्ष कृष्ण जीबी पन्त रहेका थिए भने हेमराज भट्ट र भरत थापा अतिथि रहेका थिए । त्यसैगरि हेलिकप्टर पाइलट पाब्लो पनि अतिथि थिए । नमुना बिद्यालय अभियानको तर्फबाट संयोजक प्रेम बहादुर ओली र अक्षयकोष अध्यक्ष टोप बहादुर वली अतिथिमा रहेका थिए ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक राम ओलीको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई प्रधानाध्यापक विरेन्द्र खड्का र सहायक शिक्षक वाईबी जीएमले कार्यक्रमको संचालन गरेका थिए । बिद्यालय ब्यबस्थापन समितिको तर्फबाट सदस्य बिष्णु खड्काले स्वागत मन्तब्य दिएका थिए ।

बिगत केहिबर्ष देखि संचालन भैरहको नमुना बिद्यालय निर्माण अभियान बारे संयोजक प्रेम बहादुर ओलीले प्रस्ट्याएका थिए । विश्वभर रहेका एनआरएनहरुको सहयोगले नमुना बिद्यालय निर्माण अभियानमा बिशेष भूमिका रहेको जनाएका थिए ।

प्रमुख अतिथि पन्तले अक्षयकोष हस्तान्तरण गर्दै आगामी दिनहरुमा पनि उक्त बिद्यालयलाई सहयोगका लागि शैक्षिक हातेमालो गर्ने बताए । शिक्षा आर्जन गर्न कुनै विकटताले नरोक्ने बताउदै पन्तले मेहनती र अनुसासनले असल शिक्षा आर्जन गर्न विद्यार्थी बर्गलाई आग्रह गरे । उनले बिद्यालयलाई निरन्तर सहयोग गर्ने जनाएका थिए ।

त्यस्तैअर्का अतिथि हेमराज भट्टले कार्यक्रमलाई सम्बोधन गर्दागर्दै भाबुक बनेका थिए । आफुपनि यस्तै बिकट स्कुलमा शिक्षा आर्जन गरेको क्षणलाई स्मरण गर्दै त्यहि शिक्षा जीवनका लागि गोरेटो बनेको बताए । सिद्धार्थ नमुना माबी रोल्पाको मात्र नमुना नबनेर नेपालकै नमुना बिद्यालय बन्ने बिश्वास समेत व्यक्त गरे । उनले पनि उक्त बिद्यालयलाई निरन्तर सहयोगगर्ने पनि जनाए ।

कार्यक्रममा स्थानीय समुदायहरुको उत्साह जनक सहभागीता रहेको थियो । उपस्थित अतिथिहरुलाई स्थानीयले आफ्नो मौलिक झाँकीद्वारा स्वागत गरेका थिए ।

विद्यालयमा तेस्रोपटक हेलिकप्टर

रोजगारको शिलशिलामा विदेश पुगेका गैरआवासीय नेपालीहरुले सिद्दार्थ माबिलाई बिगत देखिनै शैक्षिक ब्सुयबस्धाथापनका लागि सहकार्य गर्दै आएको छ । विश्वभर रहेका एनआरएनहरुले बिद्यालयलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएका छन् ।

यसैगरी शिक्षाको लागि तेस्रो पटक एनआरएनको हेलिकप्टर सहित एनआरएन अमेरिकाको टोली विद्यालयमा आएको हो । यसअघि एनआरएन स्विडेनले सहयोग गरेको भवन हस्तान्तरण गर्न तत्कालीन अध्यक्ष अर्जुन श्रेष्टको पहलमा पहिलो पटक हेलिकप्टरमा प्रतिनिधिहरु उपस्थित भएका थिए ।

दोस्रोपटक गएको असोज १७ गते एनआरएन नेदरल्याण्डद्वारा निर्मित भवन हस्तान्तरण गर्न हेलिकप्टर मार्फत एनआरएनका प्रतिनिधिहरु आएका थिए ।

अभियान अन्तर्गत भौतिक पूर्वाधार ब्यबस्थापनमा सबैभन्दा पहिलो दाताको रुपमा एनआरएन साउदीलाई पाएको बिब्यस अध्यक्ष तिलक राम ओलीले बताए ।

नमुना बिद्यालय निर्माण अभियान २०७३ जेष्ट २८ गते तत्कालीन जिल्ला शिक्षा कार्यलयका प्रतिनिधि कृष्ण चन्द्र पोख्रेल (जिल्ला शिक्षा अधिकृत)ले उद्घाटन गरेका थिए ।

करीब ४ लाख अक्षयकोष हस्तान्तरण

द्वन्द्वपिडित तथा टुहुरा, अनाथ, असाहय र जेहेन्दार बालबालिका लागि एक करोडको अक्षयकोष निर्माण गर्ने योजना रहेको बिद्यालयले जनाएको छ । उक्त कोषमा एनआरएन अमेरिकाका प्रतिनिधिहरुले रकम जम्मा गरेका हुन् ।

यसरि जम्मा गर्नेहरुमा एनआरएन उपाध्यक्ष अमेरिकाका कृष्ण जिवि पन्तले नगत ३ लाख सहयोग दिएका थिए । उक्त सहयोग अमेरिकामा रहने अन्य दाताहरुले पनि सहयोग गरेका थिए ।

त्यसैगरी कार्यक्रममा उपस्थित हेमराज भट्टले नगत ५१ हजार सहयोग गरेका थिए भने अर्का अतिथि भरत थापाले नगत २५ हजार गरि जम्मा नगत ३ लाख ७६ हजार अक्षयकोषमा सहयोग हस्तान्तरण भएको थियो ।

अक्षयकोषका लागि अन्य सहयोगी दाताहरुलाई जुटाउन पहल समेत गर्ने प्रमुख अतिथि पन्तले प्रतिबद्धता दिएका थिए ।

तस्बिर: केबी गुरुङ 

 

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको