१९ डीआईजीको सरूवा, को कहाँ भए सरुवा ? [सुचिसहित]

जेठ ३२, काठमाडौं ।  गृहमन्त्रालयले १९ डीआईजीको सरुवा गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट डीआईजी सरूवा गरिएको हो ।

फाइल तस्बिर 

मन्त्रालयले प्रदेश १ मा ठाकुर ज्ञवाली, प्रदेश २ मा प्रद्युम्न कार्की, प्रदेश ३ मा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा विनोद शर्मा घिमिरे, प्रदेश ५ मा सुरेशबिक्रम शाह, कर्णाली प्रदेशमा पूर्णचन्द्र जोशी र सुदुरपश्चिम प्रदेशमा तारिणी लम्साललाई सरुवा गरेको छ। अहिलेको प्रहरी संरचना अनुसार प्रदेशमा डीआईजी नै प्रमुख हुने व्यवस्था छ।

यस्तै भरतपुर तालिम केन्द्रमा हरिभक्त प्रजापति, विशेष ब्यूरोमा हरिबहादुर पाल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कमलबहादुर जिसी, महिला बालबालिका सेवा निर्देशनालयमा पिताम्बर अधिकारी र योजना अन्वेषण निर्देशनालयमा केदार रिजाललाई सरुवा गरिएको छ।

यसैगरी सूर्य उपाध्याय एअरपोर्ट, महेश बिक्रम राष्ट्रिय सुरक्षा परिषद, दानसिंह बोहोरा राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्ज, सुरज केसी सुरक्षा निर्देशनालय र महेन्द्र पोखरेललाई मानवस्रोत विभागमा सरुवा गरिएको छ।

हेर्नुहोस सुची

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको