दाङ जाँदै गरेको जीप सल्यानमा दुर्घटना: दुईको मृ’त्यु, ८ जना घाईते

कात्तिक २८, सल्यान । सल्यानमा जीप दुर्घटना हुदा २ जनाको मु’त्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

जिल्लाको त्रिबेणी गाउँपालिका वडा नम्बर ४ फलावाङ्गबाट दाङ तुलसीपुरका लागि छुटेको रा १ ज ४३२ नम्वरको जीप फालाबाङ बडाखोलामा दुर्घटना भएकाे हाे ।

मृ’त्यू हुनेमा त्रिबेणी गाउँपालिका वडा नम्वर ४ फलावाङ्ग निबासी ६० बर्षिया कृष्णदेवी परियार र सोही ठाँउ निबासी ५९ बर्षिया यज्ञी थापा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उनीहरुको उपचारको क्रममा साँढे १२ बजे तीर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृ’त्यू भएको हो ।

दुर्घटना विहिबार बिहान १०: ३० बजेको समयमा भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए । घाईते हुनेहरुमा त्रिवेणीका २८ बर्षिया गाडी चालक सन्दिप परियार, २३ बर्षिया रीता रावत, ८ बर्षिया ज्योती रावत, ५५ बर्षिया सावित्रा खत्री, २२ बर्षिया तारा थापा, २३ बर्षिया मोती रावत, तुलसीपुर ५ बस्ने बर्ष २८ का डिला बुढा र २१ बर्षिया राधा बोहोरा रहेका छन ।

घाईते मध्य राधा बोहोरालाई सिटी स्क्यानका लागी नेपालगंज रिफर गरिएको छ भने चालकलाई पनि टाउकोमा गहिरो चोक लागेका कारण नेपालगञ्ज पठाइएकाे छ । बाँकी ६ जनाको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भई रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको