राष्ट्रिय यूवासंघले चयन गर्यो ७७ वटै जिल्लामा संयोजक र सहसंयोजक [नामसहित]

कात्तिक २८, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट निकट राष्ट्रिय युवा संघ नेपालले ७७ वटै जिल्लाका संयोजक र सहसंयोजक चयन गरेलगत्तै आगामी मंसिर १ गते राष्ट्रिय भेला बोलाएको छ ।

कार्तिक ३० गते केन्द्रीय कमिटिको सपथ ग्रहण तथा बैठक र मंसिर १ गते काठमाडौँमा राष्ट्रिय भेला आव्हान गरिएको राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जनाएका छन् ।

गत कार्तिक १६ गते बसेको राष्ट्रिय युवा संघको बैठकले जिल्ला संयोजक र सहसंयोजक चयन गर्ने निर्णय गरेको थियो ।

युवासंघले जिल्ला संयोजक र सहसंयोजक चयन गर्दा ४२ जिल्लाको संयोजक तत्कालीन एमाले निकट युवासंघले पाएको छ भने ३५ जिल्लाको संयोजक माओवादी केन्द्र निकट वाइसिएलले पाएको छ ।

संयोजक युवासंघको हुँदा सहसंयोजक वासिएल र संयोजक वासियलले पाएको जिल्लामा सहसंयोजक युवासंघको भागमा परेको छ ।

यस्ता छन् जिल्ला संयोजक र सहसंयोजक

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको