कार्तिक २८, कुवेत । बिश्वकर्मा एकता समाज नेपाल कुवेतका पदाधिकारीहरुले आर्थिक हिनामिना नगरेको प्रस्ट्याएका छन् । बिश्वकर्मा एकता समाज नेपाल-कुवेतका सरक्षक भिम गदल, बरिष्ठ सल्लाहकार राजेन्द्र बिक (बिरही) महासचिव चन्द्र बिश्वकर्मा, सचिव रोल बहादुर बिश्वकर्मा, कोषाध्यक्ष राम बिश्वकर्माले सयुक्त प्रेस बिज्ञप्ति जारिगर्दै आफुहरुमाथि लागेको आरोपको खण्डन गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
नमुना बिश्वकर्मा समाज नेपाल – कुवेत र बिश्वकर्मा समाज नेपाल-कुवेतको गएको २० सेप्टेम्बरमा एकता भएको जनाउदै नमुना बिश्वकर्मा समाजको स्थापनाकालका अध्यक्ष कुल बहादुर बिश्वकर्माले आफ्नो कार्यकाल पुरा नगरी संस्थालाई आर्थिकरुपमा धरासायी बनाइ राजिनामा दिएर निस्किएको प्रति आरोप लगाएका छन् । बिज्ञप्तिमा भनिएको छ, ‘उनलाई ३ महिनासम्म निरन्तर बैठकमा उपस्थित हुन पत्र पठाउदा र आग्रह गर्दा समेत कसैसंग सम्पर्कमा नआई बैठकमा उपस्थित नभए पछि कार्यसमितिको बहुमतले सन् २०१८ अप्रिल २७ तारिखका दिन संस्थाको साधारण सदस्य समेत नरहनेगरि संस्थाबाट निस्कारण गरिएको थियो ।’
कुवेतमा रहेको बिश्वकर्मा समाज एकता बिशेष छलफलमा कुल बहादुर बिश्वकर्माले समाजसंग आफ्नो कुनै लेनदेन नरहेको र मतलब पनि नभएको बताएका व्यक्तिले अहिले फेरी समाजको एकता भाँड्ने कार्य गरेको सयुक्त बिज्ञप्तिमा उल्लेख छ ।
उक्त समुहले आर्थिक हिनामिनाको आरोप लगाउनेहरुलाई आरोप प्रमाणित गर्न चुनौती समेत दिएका छन् । संस्थामा भएको हिसाबकिताव र व्यक्तिगत बचत कोषको हिसाब कोषाध्यक्ष राम बिश्वकर्माले स्पस्ट पारेको बताउदै हेर्न चाहानेहरुका लागि अझै सुरक्षित रहेको समेत बताएका छन् ।
हेर्नुहोस बिज्ञप्ति:
यस्तो थियो यस अघि प्रकासित समाचार
नमूना बिश्वकर्मा समाज कुवेतले आर्थिक हिनामिना गर्ने आफ्ना पदाधिकारीलाई कारबाही गर्यो
संस्थाको आर्थिक हिनामिना गर्ने आफ्ना निबर्तमान पदाधिकारीहरुलाई नमूना बिश्वकर्मा समाज नेपाल कुवेतले कारबाही गरेको छ । कारबाही पर्नेहरुमा नमूना बिश्वकर्मा समाज नेपाल कुवेतका निवर्तमान अध्यक्ष भिम बहादुर गदल, निवर्तमान महासचिव चन्द्र बहादुर बिश्वकर्मा, निवर्तमान सचिव रोल बहादुर बिश्वाकर्मा, निवर्तमान कोषाध्यक्ष राम बि .क. र निवर्तमान सल्लाहकार राजेन्द्र बिरही कामी रहेका छन् ।
वर्तमान अध्यक्ष कुल बहादुर बिश्वकर्मा र महासचिव तारा बहादुर बिश्वकर्माले एक बिज्ञप्ति जारि गर्दै संस्थाको आर्थिक हिनामिना गर्ने व्यक्तिहरुलाई साधारण सदस्यमा समेत नरहनेगरी कारबाही गरि निस्कासन गरेको जनाएको छ ।
२०१६ साल देखि स्थापना भएको संस्थाको सम्पूर्ण आर्थिक हिनामिना गरेको नमूना बिश्वकर्मा समाज नेपाल कुवेतले जनाएको छ । संस्थाको हिसाबकिताव सहित सम्पर्कमा आउन आग्रह गर्दा समेत वास्ता नगरी संस्था नै नभएको उक्त समुहले दाबि गर्ने गरेको अध्यक्ष कुल बहादुर बिश्वकर्माले बताए ।
संस्थाको लाखौ रकम हिनामिना गरेकोले यस्तो अराजक समुहलाई पहिचान गरि सार्बजनिक भण्डाफोर गर्नुपर्ने महासचिव तारा बहादुरले बताए ।
प्रतिक्रिया दिनुहोस