वडा कार्यालयमा आगजनी, ५ जना पक्राउ

असाेज २७, हेटाैंडा । उत्तरी मकवानपुरकाे थाहा नगरपालिका-५ वडा कार्यालयमा भएकाे आगजनीमा संलग्न रहेकाे आशंकामा ५ जनालाई प्रहरीले पक्राउ गरेकाेे छ ।

सोमबार राति नगरपालिकाकाे आरनडाँडामा रहेकाेे कार्यालयमा आगजनीमा संलग्न रहेकाे भन्दै ५ जनालाई इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरेको हाे । पक्राउ पर्नेकाे नाम सार्वजानिक गरेकाे छैन ।

२६ गते राति कार्यालयको ढोका फुटाएर पेट्रोल तथा मट्टितेल छर्किएर आगो लगाएको बताइएकाे छ । पेट्रोल तथा मट्टितेल लगिएको बोतल कार्यालय छेवैमा भेटिएपछि प्रहरीले अनुसन्धान थालेकाे थियाे । आगलागीकाे क्रममा विद्युत मिटर बक्स पड्केकाे आवाजपछि गाउँलेले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।

आगजनीबाट कार्यालयको कागजपत्र तथा फर्निचर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक लाेकबहादुर गुरुङले बताए । घटनाकाे जानकारी पाएलगत्तै अनुसन्धानका लागि प्रहरी परिचालन गरिएकाे प्रहरी निरीक्षक गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको