ट्रेन्डिङ

  • दाङमा खुकुरी प्रहार गरी युवाको हत्या, ५ जना पक्राउ [नामसहित]

    असार २९, दाङ । तुलसीपुरमा खुकुरी प्रहार गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    तुलसीपुर उपमहानगरपालिका वडा नं १२ का २०बर्षीय रामबहादुर ओलीलाई खुकुरी र तरवाल प्रहार गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । ओलीको शुक्रवार हत्या गरिएको थियो ।

    पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १८ दुधरासका २२ बर्षीय शौरभ मल्ल, तुलसीपुर ६ का १९ बर्षीय शम्भु शर्मा, तुलसीपुर १२ का २४ बर्षीय तेजेश पुनमगर, तुलसीपुर ११ का २२ बर्षीय रमेश केसी,तुलसीपुर ११ का २० बर्षीय अमृत वली र तुलसीपुर १२ का २२ बर्षीय भरत शाही रहेका छन । मल्ल र शर्मालाई शनिवार नै प्रहरीले पक्राउ गरेको हो, भने अन्य चारजनालाई आईतबार पक्राउ गरिएको प्रहरीले बताएको छ ।

    हत्याको मुख्य योजनाकार तुलसीपुर उप(महानगरपालिका(११ बेलटाकुरा बस्ने वर्ष २३ को बिक्की सिंह ठकुरी फरार रहेको र खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    धेरै पढिएको