ट्रेन्डिङ

  • यात्रुले ट्वाइलेटको ढोका भनेर विमानको आकस्मिक ढोका खोलेपछि…

    जेठ ३१, काठमाडौँ । पाकिस्तानमा यात्रु बसालेर उड्नै लागेको जहाजको आकस्मिक ढोका खुल्यो एक्कासी खोलेपछि तहल्का मच्चिएको छ ।

    फाइल तस्बिर 

    एकजना महिला यात्रुले ट्वाइलेटको ढोका भन्ठानेर जहाजको इमर्जेन्सी ढोका खोलेपछि उडान भर्नै आँटेको जहाजभित्र तहल्का मच्चिएको हो ।

    पाकिस्तानको वायुसेवा कम्पनी पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको पिके ७०२ को विमान शनिबार बिहान बेलायतको म्यानचेष्टर विमानस्थलबाट उडान भर्दै थियो । त्यही क्रममा विमानभित्र रहेकी एक महिलाले यात्रुले इमर्जेन्सी बटन दबाइदिइन् । जसका कारण विमानका आकस्मिक ढोका खुल्न पुगे ।

    उक्त घटनाका कारण विमानको उडान ७ घण्टा ढिलो भएको पीआइएका प्रवक्ताले बताएका छन् । ट्वाइलेटको ढोका खोल्ने बटन भन्ठानेर इमर्जेन्सी ढोकाको बटन थिचेर भएको घटनाका कारण विमानको इमर्जेन्सी स्लोप सक्रिय भयो ।

    घटनालगत्तै विमानभित्र रहेका यात्रु र उनीहरुका सामानलाई तत्कालै बाहिर निकालियो ।

    पीआईएले यो घटनाको छानविन गरिरहेको बताइएको छ । ती महिला यात्रुले आफूले भुलबस् ट्वाइलेटको ढोका खुल्छ भन्ने ठानेर बटन दबाएको बताएकी छिन् । एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    धेरै पढिएको