सर्लाहीमा बस दुर्घटना हुँदा तीनको मृत्यु, ३० जना घाइते

बैशाख १, काठमाडौँ । सर्लाहीको लालबन्दीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परि कम्तिमा ३० जना घाइते भएका छन् ।

काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको बा २ ख १३ १८ नम्बरको रिजर्भ बस आज (आइतबार) बिहान पूर्व पश्चिम राजमार्गमा पर्ने लालबन्दी– १ बागबानी जंगलमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा मोरङको दुहबीका २३ वर्षीय अनिल उराउ, ठेगाना नखुलेका ४० वर्षीय श्रीकान्त चौधरी र २२ वर्षीय पवी उराउको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।

बसका ३७ जना सवार थिए । घाइतेमध्ये गम्भीर अबस्थाका एक जनालाई उपचारका लागि विराटनगर लगिएको छ । बाँकी घाइतेको लालबन्दीका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चालक निदाएको कारण बस दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको